२ मंसिर २०८१ आइतबार
image/svg+xml

बाढीले बगाएर एक बेपत्ता

सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका एकजना कमला नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। कमला नदीको बीच भागमा रहेको नाउ किनारा लगाउन गएका कामेश्वर यादवलाई बाढीले बगाएर बेपता बनाएको हो।

राप्तीमा पानीको सतह खतराको चिन्हभन्दा माथि

राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि तल्लो तटिय क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कमला नदीले परिवारै बगायो

कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।

वैकल्पिक पक्की मोटरेबल पुल निर्माण

पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ।

रुखमा चढेर गुहार मागेका मुखियाको १२ घण्टापछि उद्धार

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।

२४ घण्टादेखि फँसेका पाँच किसानलाई उद्धार गरिँदै

कमला नदीको बाढीले बनाएको टापुमा सिरहाका पाँच जना किसान २४ घण्टादेखि फँसिरहेका छन्। कमलाको बगरमा लगाइएको परवल खेतिमा काम गर्न गएका सिरहा, कल्याणपुर नगरपालिका –५ निर्दनाका चारजना महिला तथा एक पुरुष अचानक दुवै किनारमा बाढी आएपछि बीचमै घेरिएका हुन्।

बाँध फुटेपछि सुरक्षित स्थानमा सारियो

बागमती नदीको बाँध फुटेर बाढी बस्तिमा पसेपछि रौतहट प्रहरीले करिब २५ घरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। गढिमाइ नगरपालिका–३ लक्ष्मिपुर नजिक तटबन्ध फुटेपछि लक्ष्मिपुरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको हो।

बाढीले बगाएर एकजना बेपत्ता, अविरल वर्षाले ६ घर ढले

निरन्तर परिरहेको झरीका कारण लाल बकैया नदीमा आएको बाढीमा बगेर इशनाथ नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका छन् । पटेल बिहीबार बिहान पाँच बजे भारतबाट घर फर्किने क्रममा लाल बकैया नदीको फुलबरिया घाटमा रहेको डाइभर्सन बाढीले बगाएको देखेपछि डाइभर्सन छेउकै रेल्वे–लाइनको पुलबाट मोटरसाइकलसहित आउँदै गर्दा नदीमा झरेर बेपत्ता भएका हुन् ।

२२ दिनपछि उपाध्यक्षको शव भेटियो

खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।

बूढीगङ्गा नदी थुनिने सम्भावना

जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ। बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

कैलालीका नदीमा देखिन थाल्यो डल्फिन

मोहना र पथरैया नदीको दोभानमा आज बिहान ३ वटा डल्फिन देखिएका छन्। स्थानीय नरेन्द्र रेग्मीका अनुसार २ ठूला र १ सानो डल्फिन देखिएको छ।

कैलालीका नदीमा देखिन थाल्यो डल्फिन

मोहना र पथरैया नदीको दोभानमा आज बिहान ३ वटा डल्फिन देखिएका छन। स्थानीय नरेन्द्र रेग्मीका अनुसार २ ठूला र १ सानो डल्फिन देखिएको छ।

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्।

वडाध्यक्षमाथि सांघातिक आक्रमण

नदीजन्य पदार्थ बालुवाको अवैध उत्खनन रोक्न खोज्दा उनलाई स्थानीय भोला यादवलगायतको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्