२ मंसिर २०८१ आइतबार
image/svg+xml

तामाकोसीमा माछा घटे, कारण खोज्दै विज्ञटोली

नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।

‘तुइनेबाजे’ले पाए घर

२० वर्षदेखि तुइनको लठ्ठा समाउँदै हजाराैंलाई वारपार गराइदिने ‘तुइनेबाजे’को नामले चिनिने शुक्रबहादुर चेपाङले घर पाएका छन्।

भेरीले बगाएर दुई बालकको मृत्यु

भेरी नदीमा नुहाउन गएका दुई बालकको भेरीले बगाएर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका दुई बालकको भेरीले बगाएर मृत्यु भएको हो।

बागमती नदी मुआब्जा विवाद संसदीय समितिमा,मुआब्जा दिन सकिँदैन: सहरी मन्त्री

–उक्त जमिनको मुआब्जा दिन कानुनी आधार छैन। प्रमाण नभएको जग्गाको मुआब्जा दिन सकिँदैन। जग्गा प्राप्ति ऐनबाहिर गएर मुआब्जा वितरण गर्न मिल्दैन।

‘बर्सेनि पीडा, खोइ समाधान ?’

प्रत्येक वर्ष मनसुनका बेला सप्तरीको तिलाठीलगायत दक्षिणी भेगका दर्जन बढी गाउँ बस्ती खाँडो नदीको बाढीका कारण डुबानमा पर्ने गर्दछन्।

दरौँदी नदीमा डुबेर २ बेपत्ता, एकको मृत्यू

पौडी खेल्ने क्रममा दरौँदी नदीमा डुबेर २ जना बेपत्ता भएका छन् भने १ महिला मृत अवस्थामा भेटिएकी छिन् । पालुङटार नगरपालिका १ मसानेपाटीकी सरिता गुरुङको शव भेटिएको हो । बेपत्ता सोही ठाउँका ११ वर्षिय अस्विन बिक र राजन श्रेष्ठका खाेजी भइरहेको छ ।

अनि रोयो कर्णाली... (फोटो फिचर)

कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको तीन दिनसम्म पत्ता नलागेपछि आज बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको शव बनाएर हिन्दु परम्पराअनुसार खार्पुनाथ शिव मन्दिरमा रहेको खार्पु त्रिवेणीमा राजु श्रेष्ठ र नाम नखुलेको श्रेष्ठको साथि बाहेक अन्य नौ जनाको अन्त्येष्टी गरिएको छ।

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए

कर्णाली नदीमा जीप खस्यो, १५ जना वेपत्ता

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसारजीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए ।

मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ।

नदी नियन्त्रणमा भारतको सहयोग

बर्सेनि जनधनको ठूलो क्षति पु¥याउँदै आएका नेपालका तीन ठूला नदी नियन्त्रणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार वाणगंगा, खाँडो र पश्चिम राप्ती नदी नियन्त्रणमा सहयोग गर्न दुई देशका अधिकारीबीच सहमति भएको छ । नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको बैठकले तीन ठूला नदी नियन्त्रणमा भारतले सहयोग गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक प्रदीप थापाले जानकारी दिए ।

जथाभावी उत्खननमा स्थानीयको अवरोध

बस्तीलाई नै असुरक्षित हुने ठाउँमा बुटवल उपमहानगरले नदीजन्य पर्दाथ उत्खनन गर्न दिएको भन्दै स्थानीयले अवरोध गरेका छन्। बुटवल मोतीपुर रानीगञ्जका बस्तीलाई जोखिममा पार्ने गरि तिनाउ नदीमा उत्खनन गरिएपछि स्थानीयले विरोध गरेका हुन्।

‘नाइल नदीबाट दर्जनौं शव निकालियो’

संक्रमणकालीन सैन्य परिषद्ले तीन वर्षत्रि सैन्य सत्ता नागरिकलाई हस्तान्तरण गर्ने बताए पनि अप्रिल ६ देखि नै सैनिक मुख्यालयबाहिर प्रदर्शन गरिरहेका लोकतन्त्रवादीले प्रदर्शनलाई निरन्तरता दिइरहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्