२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

२४ घण्टादेखि फँसेका पाँच किसानलाई उद्धार गरिँदै

बाढीमा फँसेकालाई उद्धार गर्न जाँदै सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त टोली । तस्बिर/ नागरिक

जनकपुर- कमला नदीको बाढीले बनाएको टापुमा सिरहाका पाँच जना किसान २४ घण्टादेखि फँसिरहेका छन्। कमलाको बगरमा लगाइएको परवल खेतिमा काम गर्न गएका सिरहा, कल्याणपुर नगरपालिका –५ निर्दनाका चारजना महिला तथा एक पुरुष अचानक दुवै किनारमा बाढी आएपछि बीचमै घेरिएका हुन्। नदीमा समान्य बाढी आएको बेला खेतमा काम गर्न गएका उनीहरु साँझ अचानक बाढी आएपछि बीचमै थुनिएको स्थानीयले जनाए। बुधबार साँझदेखि अहिलेसम्म बाढीको सतह नघट्दा उनीहरु बाहिर निस्किन नसकेका हुन्।

निर्दनाका वडा अध्यक्ष दीपेन्द्र बरबरिया यादवले धनुषा, सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादवलाई उनीहरु नदीको बीच भागमा फँसेको जनाएपछि उद्धार कार्य सुरु गरिएको छ । कमला नदी सिरहा र धनुषा बीचको सीमा हुँदै बगिरहेको छ । ‘पारीबाट निर्दनाका वडा अध्यक्षले खबर गरेपछि सशस्त्र तथा जनपद प्रहरी परिचालन गरी उनीहरुलाई धनुषातर्फ नै उद्धार गरी ल्याउने प्रयासमा छौं’ मेयर यादवले नागरिकन्यूजसंग भने, ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र हाम्रा कार्यकर्ताहरु लाइफज्याकेट लगाएर बाढीमा पसेका छन्। चाँडै उनीहरुको उद्धार गरिनेछ।’

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल लगायत जिल्ला स्तरीय सुरक्षा निकायको टोली पनि घटनास्थल पुगेको छ। बाढीमा फँसेकाहरुलाई उद्धारमा सहयोग गर्न त्यहाँ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

 

प्रकाशित: २७ असार २०७६ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App