६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तस्बिरमा सुनकोशी बस दुर्घटना

सिन्धुपाल्चोक– सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।

दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो।

प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको थियाे। 

दुर्घटनापछि बसमा सवार यात्रुकाे सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App