१ मंसिर २०८१ शनिबार
image/svg+xml

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न रौतहटमा सक्रिय अभ्यास

रौतहटमा जथाभावी भइरहेको नदीको अवैध दोहनलाई रोक्ने सार्थक अभ्यासको थालनी भएको छ। जिल्लाका विभिन्न नदीहरुबाट खोलाजन्य वस्तुको निकासी तथा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुमाथि सम्बद्ध पक्षले कडा निगरानी थालेको छ।

कुकुरलाई बचाउन खोज्दा सेतीको खोचमा खसेका युवाको उद्दार

सेती नदीको खोँचमा खसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ। पार्वती टोल स्थित नदीको खोचमा अड्किएका आकाश गुरुङलाई प्रहरीले सकुशल उद्दार गरेको हो।

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

बागमती नदीको उत्खनन रोकियो

रौतहटको बागमती नदीको गिटी, बालुवा, बोल्टर, ढुंगाको उत्खनन रोकिएको छ। रौतहट र सर्लाहीको सीमा छुट्याउने विवाद बढेपछि दुवै जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमतिमा रौतहट जिल्ला अदालतले बागमती नदीको नदीजन्य पदार्थ निकासीमा रोक लगाएको हो।

बागमती नदीको उत्खनन रोकियो

रौतहटको बागमती नदीको गिटी, बालुवा, बोल्टर, ढुंगाको उत्खनन रोकिएको छ। रौतहट र सर्लाहीको सीमा छुट्याउने विवाद बढेपछि दुबैंै जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमतिमा रौतहट जिल्ला अदालतले बागमती नदीको नदीजन्य पदार्थ निकासीमा रोक लगाएको हो।

स्वस्थानी आफ्नै कथा

बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो।

पालिकामातहत आएपछि अवैध उत्खनन नियन्त्रणमा अलमल

२०७४ सालअघिसम्म जिल्लाका खोला–नदीजन्य पदार्थ बिक्री ठेक्का जिल्ला विकास समिति र जिल्ला समन्वय समितिले लगाउँथे। तर, पालिका (स्थानीय तह) मातहत आएपछि सो ठेक्का पालिकाहरूले लगाउँदै आएका छन्।

त्रियुगा नदीमा एक महिला मृत फेला

उयदपुरकी एक महिला नदी किनारमा मृत भेटिएकी छन्। त्रियुगा नगरपालिका १२ बोटेटोलकी ३३ वर्षीया सुन्तली बोटे त्रियुगा र बरुवा खोला किनारमा आइतबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ।

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

कर्णाली नदी नियन्त्रण आयोजनामा बजेट अभाव

सरकारको महत्वाकांक्षी आयोजनाअन्तर्गतको कर्णाली नदी नियन्त्रणको काम कछुवा गतिमा अघि बढिरहेको छ। भत्किएका नयाँ तथा पुराना तटबन्धका संरचना बन्न नसक्दा कर्णाली नदी नियन्त्रणको कामले गति लिन नसकेको हो।

चार जनाको मृत्यु ५ घाइते, १ बेपत्ता

कर्णाली नदीमा भएको जीप दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। जीपमा सवार एक १३ वर्षकी बालिका बेपत्ता भएकी छन्। कर्णाली करिडोर अन्र्तगत पर्ने हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरबाट जीप खसेको हो।

त्रिशूली नदी सफाइ गरी भ्रमण वर्षलाई स्वागत

‘धर्म, संस्कृति र सभ्यताको पहिचान, प्रदूषणमुक्त त्रिशूली नदी हाम्रो अभियान’ नारासहित ऐतिहासिक एवं धार्मिक त्रिशूली नदी सफाइ अभियान सुरु गरिएको छ।

त्रिशूलीमा सोझै फोहोर

चौबीसै घण्टा व्यस्त राजमार्ग वरपरका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र प्लास्टिकलगायत फोहोर खुला ठाउँमा पोल्ने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्ध र प्रदूषणको सास्ती भोग्दै आइरहेका छन्।

त्रिशुली नदीमा निर्मानाधिन पुल अलपत्र

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण भइरहेको पक्की पुल अलपत्र परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु र सिद्धलेक गाउँपालिका– ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेशनल जेभीले लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्