३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

डेढ महिनादेखि उठेन उपत्यकाको फोहोर, वाग्मती नदीमा देखियो त्यसको असर

डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ।

कर्णाली नदी गाउँ पस्ने खतरा बढ्यो, सचेत रहन अपिल

वडाध्यक्ष रामलाल डगौरा थारुद्वारा जारी सार्वजनिक सूचनामा कुनै पनि बेला गाउँमा बाढी पस्न सक्ने सम्भावना रहेको उल्लेख छ।

नदी कटान नियन्त्रणमा समस्या

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।

रायखोरको पहिराेले राहुघाट नदी थुनियो

रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ। वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए।

कर्णाली नदी गाउँ पस्ने खतरा, सयौं परिवार जोखिममा

नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तीव्र पारेको छ। स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ।

महाभारत र व्यूहरचना

रामायणकालीनको तुलनामा महाभारतकालीन समाज विकसित थियो। महाभारतको युद्ध भने व्यूूहको रचनामा सम्पन्न भएको थियो। महाभारतको युद्ध अठार दिन चल्यो। गुरु द्रोणाचार्यको मृत्यु नहुदाको समय अर्थात् १५ दिनसम्म पाण्डव र कौरव पक्षले व्यूह रचना गरेका थिए ।

तुइन नभएपछि मालगाउँमा हाहाकार

‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’

बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा

बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्ने बाध्यता भएको हो।

पौडी खेल्ने क्रममा एकको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दार्चुला तुइन प्रकरणः नेपालतर्फको घटनास्थलमा पुग्यो छानविन टोली

एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।

दार्चुला घटनाको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन मिल्दैनः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्।

कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो

कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए।

कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्