८ वैशाख २०८१ शनिबार
समाज

पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बालक बेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो एक बालक बेपत्ता भएका छन्। धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटारस्थित तल्लोगाउँ नजिक साथीसँग पौडी खेल्ने क्रममा ११ वर्षीय राजकुमार कडेल बेपत्ता भएका हुन्।

पौडी खेल्न गएका २ जनामध्ये राजकुमार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बेपत्ताको इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली र स्थानीयले खोजी गरिरहेको छ।

त्रिशुली नदीमा पानीको वहाव ठूलो रहेको र धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७८ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App