१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खोलाले बगाउदा एक जना बेपत्ता

कालिकोटको नरहरिनाथ गाउँपालिका-४ को भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका-५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार खोलाले बगाउदा बेपत्ता भएका हुन्।

माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडि ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ।

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

गाडीबाट ओर्लेर कजवेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना समेत गाडीमा सवार थिए।

महाकाली नदीमा एक जना बेपत्ता

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्