२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

खोलामा खसेको गाडी।

रोल्पाको माडी खोलामा बोलेरो जीप खस्दा एक जना बेपत्ता भएका छन्। 

बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडि ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ।

सहिदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको उक्त गाडी दुर्घटना भएको बारेमा बिहान मात्र स्थानीयले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेर खोजी सुरु गरेको ईलाका प्रहरी कार्यादयका प्रहरी निरिक्षक देवराज भट्राईले बताए। उनका अनुसार खोलामा पानीको बहाव ठूलो रहेको र अप्ठ्यारो ठाउँमा गाडी खसेकाले उद्दारमा कठिनाई भइरहेको छ।

घाईते चन्दको घर्तीगाउँको स्वास्थ्य संस्थामा उपचार भइहेको छ। प्रहरीका अनुसार उनको टाउको चोट लागेको छ।

प्रकाशित: ११ भाद्र २०७९ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App