७ वैशाख २०८१ शुक्रबार
Ganeshp Ghimire
डा.गणेशप्रसाद घिमिरे


डा.गणेशप्रसाद घिमिरेका लेखहरु :

कालजयी आवाजमा नगेन्द्र रेग्मी

गीत आफैमा कालजयी हुन्छन्। ती गीतले सङ्गीतका धुनमा आफूलाई समाहित गरे भने तिनको अस्तित्व समाजमा कालजयी हुने गरेको देखिन्छ। गीत र सङ्गीतको सुमधुर सम्बन्धले समाजमा आफूलाई कालजयी बनाएर राखेका हुन्छन्। गीतका शब्दमार्फत् गीतकारले आफूलाई समर्पित गर्ने र आफ्नो विचार समेत बाहिर ल्याउने गर्छ।

शास्त्रमा शूद्र

मनुुले विवाहका सन्दर्भमा वर्ण व्यवस्थाको आधार प्रस्तुत गरेका छन्। ब्राह्मणका लागि विवाहका सन्दर्भमा ब्राह्मण कन्या नै उत्तम मानिएकी छ। तर अन्य कन्यासँग विवाह अयोग्य मानिएको छैन।

महाभारत र व्यूहरचना

रामायणकालीनको तुलनामा महाभारतकालीन समाज विकसित थियो। महाभारतको युद्ध भने व्यूूहको रचनामा सम्पन्न भएको थियो। महाभारतको युद्ध अठार दिन चल्यो। गुरु द्रोणाचार्यको मृत्यु नहुदाको समय अर्थात् १५ दिनसम्म पाण्डव र कौरव पक्षले व्यूह रचना गरेका थिए ।

गुरुकुल शिक्षा

अर्थात् विद्या प्राप्तिका लागि तीनवटा मात्र उपाय छन्।गुरु सेवा, प्रचुर धनद्वारा र परस्पर विद्या प्रदान गरेर विद्या प्राप्त हुुन्छ। विद्या प्राप्तिको चौथो उपाय छैन।

संस्कृत शिक्षामा आकर्षण

उपाध्याय ब्राह्मणका छोरालाई भोजनवृत्ति व्यवस्थासहितको अध्ययन केन्द्रका रूपमा तीनधारा पाकशाला स्थापना भएको थियो। यसरी ५४ ब्राह्मणको ठाउँमा १९४३ सालमा धीरशमशेरको सङ्कल्प अनुसार १०८ ब्राह्मण बटु (बालक)लाई भोजन छात्रवृत्तिको व्यवस्था गरे। सो सम्बन्धको लिखित दस्तावेज ताम्रपत्रका रूपमा अद्यापि तीनधारा पाकशालामा सुरक्षित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्