८ वैशाख २०८१ शनिबार
शिक्षा

गुरुकुल शिक्षा

‘गुरु सुश्रुशया विद्या पुस्कलेन धनेन च। अथवा विद्यया विद्या चतुर्थं नोपलभ्यते।।’

अर्थात् विद्या प्राप्तिका लागि तीनवटा मात्र उपाय छन्।गुरु सेवा, प्रचुर धनद्वारा र परस्पर विद्या प्रदान गरेर विद्या प्राप्त हुुन्छ। विद्या प्राप्तिको चौथो उपाय छैन।

गुरुकुल प्राचीन विद्या प्रदानको केन्द्र हो। यसमा सिधाबाट प्राप्त अन्नले गुरु र शिष्यको जीवनयापन हुनेगरी विद्या प्रदान गरिन्छ। गुरुकुल मा शुल्क लिइँदैन। स्नातक भएपछि गुरु दक्षिणाको चलन रहेको छ। समाज, संस्कार, परम्परा र मान्यतामा आधारित हुुन्छ, गुरुकुलमा आर्जित शिक्षा। त्यसैले गुरुकुललाई आर्य सभ्यतामा विद्याको केन्द्र मानिएको छ।  

‘सर्वस्मात् विजयमन्विच्छेत गुरु शिष्य पराजयेत्’, अर्थात् गुरुले सबै स्थानमा विजय हासिल गर्न चाहन्छ, तर शिष्यसित उसले पराजयको अपेक्षा राखेको हुुन्छ, यसलाई नै गुरुकुलमा प्रदान गरिने विद्या वा शिक्षाको उपादेयता मानिएको पाइन्छ। गुरुकुल लाई शिक्षाको केन्द्र, सनातन परम्पराको भावभूमि, जीवनयापनको साधन र विद्याको केन्द्रका रूपमा स्वीकार गरिएको छ।  

पहिलो गुरुकुल  

नेपालको शैक्षिक परम्पराको इतिहासमा पहिलो गुरुकुल  मटिहानीस्थिति राजकीय संस्कृत माध्यमिक विद्यालयलाई मानिएको छ, जहाँ बालागुरु षडानन्दले अध्ययन गरेका थिए। उक्त गुरुकुल  रामलालदास (तस्मैया बाबा) ले विं.सं १७५१ मा अनौपचारिकमा आरम्भ गरे। यस हिसाबले यो गुरुकुल तीन सय वर्षभन्दा पुरानो हो। तस्मैया बाबाका शिष्य जयकृष्णदास संस्कृत व्याकरणका विद्वान् थिए। तस्मैया बाबाले यिनै शिष्यलाई गुरुका रूपमा राखेर वि.सं. १७७५ मा औपचारिक रूपमा यो गुरुकुल को स्थापना गरेका हुुन्। यसको २६ वर्षपछि (१८०१ मा) लक्ष्मीनारायण महाविद्यालयको स्थापना गरिएको हो। यस विद्यालयमा १०८ विद्यार्थीका लागि भोजन व्यवस्था गरेर महाविद्यालय र गुरुकुल  चलाइएको पाइन्छ। यहाँ पर्वतीय विद्यार्थीको भान्सालाई ‘क’ मैथिल ब्राह्मणहरूको भान्सालाई ‘ख’ मटिहानीवासीको भान्सालाई ‘ग’ भन्ने चलन थियो। गणतन्त्रपछि त्यो व्यवस्थाको अन्त्य भएको छ। यो महाविद्यालयमा नेपालका विभिन्न ठाउँबाट मात्र नभई भारतका विभिन्न राज्यबाट अध्ययनका लागि विद्यार्थी आउने गर्थे। आज यो महाविद्यालय इतिहासका रूपमा सीमित देखियो। यो गुरुकुलको इतिहास तीन सय २७ वर्ष पुुरानो छ भने महाविद्यालयको इतिहास तीन सय दुई वर्ष पुुरानो छ। आज पनि त्यहाँ राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ सञ्चालनमा छन्। त्यो गुरुकुल  स्थापनाका समयमा स्नान गर्नका लागि विद्यार्थीको तह अनुसार पोखरी बाँडिएको थियो– मध्यमा, शास्त्री र आचार्य पोखरीका रूपमा। अद्यापि त्यस ठाउँमा पोखरीहरू विद्यमान छन्।  

यसरी स्थापना भएको गुरुकुल अहिले सरकारी राजकीय संस्कृत माध्यमिक विद्यालयका रूपमा रहेको छ। तत्कालीन समयमा खोलिएको महाविद्यालय नेपाल संस्कृत विश्वविद्यायलको आंगिक विद्यापीठका रूपमा रहेको छ। त्यसपछि वि.सं. १९३२ मा भोजपुुरको दिङ्लामा गुरुकुल  स्थापना भएको हो। वि.संं. १९४१ मा काठमाडौंमा तीनधारा पाकशालाको स्थापना भएको हो। नेपालको शिक्षाको इतिहासमा पहिलो शिक्षालय मटिहानीको राजकीय माध्यमिक विद्यालयलाई लिने गरिएको छ।

सन्तहरूले भिक्षाटन गरेर वा आफ्ना भक्तले दान दातव्यका रूपमा दिएका खाद्यान्नबाट सञ्चालन भएका गुरुकुलको संख्या नेपालमा तीन सय रहेको छ। गणतन्न्त्र प्राप्तिपछि स्थानीय सरकारले माध्यमिक शिक्षासम्म जिम्मा लिएकाले गुरुकुल को वास्तविक संख्याको अभिलेख शिक्षा मन्त्रालयसँग छैन। हालसम्म शिक्षा मन्त्रालयमा दर्ता भएका एक सय आठ गुरुकुल सञ्चालनमा छन्।  

त्यसरी नै मुुस्लिम धर्मावलम्बीका लागि सञ्चालित मदरसाको संख्या एक हजार तीन सय देखिन्छ। बौद्ध गुुम्बाहरू एक हजार जति सञ्चालनमा छन्। सनातन धर्मावलम्बीका लागि गुरुकुल , मुुस्लिम धर्मावलम्बीका लागि मदरसा र बौद्ध धर्मावलम्बीका लागि बौद्ध गुम्बाहरू नेपालको गुरुकुल ीय व्यवस्थाका आधारबीज मानिएका छन्। धर्म अनुसारको संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले आज गुरुकुल, गुम्बा र मदरसाको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ  

भोजनको व्यवस्था  

गुरुकुल मा आवासीय व्यवस्था हुन्छ। आवासीय रूपमा रहेर अध्ययन गरिने हुनाले नै तिनलाई गुरुकुल  भनिएको हो। आवासीय रूपमा रहने हुनाले त्यहाँ अध्ययन गर्ने बटुकलाई भोजन तथा आवासको व्यवस्था गरिएको हुुन्छ। विभिन्न माध्यमबाट आएको भिक्षाटन नै भोजन व्यवस्थाको पहिलो आधार मानिएको छ। सन्त, समाजसेवीबाट सञ्चालन हुने हुनाले दान दातव्यबाट प्राप्त रकम समेत गुरुकुल सञ्चालनमा खर्च हुने तथ्यलाई नकार्न मिल्दैन।

अनुदान सहयोग  

गुरुकुललाई प्रदान गरिने अनुदानको अवस्थालाई हेर्दा प्राथमिक तहसम्म सञ्चालनमा रहेका गुरुकुल, मदरसा र गुम्बालाई एकमुष्ठ वार्षिक तीन लाख रूपैयाँ अनुदान प्राप्त हुने गरेको छ। निम्न माध्यमिक तहमा पाँच लाख र माध्यमिक तहका गुरुकुल , मदरसा र गुम्बा हरेकलाई वार्षिक आठ लाखको व्यवस्था नेपाल सरकारले गरेको छ। यो व्यवस्था शिक्षा मन्त्रालयमा दर्ता भएका गुरुकुल  र शिक्षालयका हकमा मात्र प्रयोग गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले गुरुकुल , मदरसा र गुम्बा गरी तीन भागमा वर्गीकरण गरेको छ। सरकारी अनुदान पाएकागुरु कुलले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमलाई आधार मानेर शिक्षा दिनुपर्छ। कतिपय गुरुकुल  दर्ता नभएका कारण तिनीहरू दान दातव्यबाट सञ्चालित छन्।  

गुरुकुलमा असल संस्कारयुक्त संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्य राखिएको हुन्छ। यी मान्यतालाई केन्द्रमा राखेर नागरिकलाई असल शिक्षा प्रदान गर्ने भावनालाई जीवन्त बनाइएको हुन्छ। खासगरी देशभरका गुरुकुल  सरकारी अनुदानबाट सञ्चालन हुन सक्ने अवस्थाका छैनन्। दान दातव्य गुरुकुल  सञ्चालनको पहिलो आधार स्रोत हो।

महर्षि फाउन्डेसन  

सनातन परम्परा र विश्वशान्तिको कामनासहित महर्षि फाउन्डेसनले बेलाबेला यज्ञ अनुष्ठान गर्दै आएको छ। समाजमा बढ्दै गएको हिंसा, मानवमा क्षय हुँदै   गएको मानवीय भावना, दिनानुदिन विश्व हातहतियारको चपेटामा परेर शान्ति क्षीण भएको तर्क उनीहरूको छ। उनीहरू यसमा मानिसको मस्तिष्क र हृदय अशान्त बन्दै गइरहेको तर्क अघि सार्छन््। मानिसमा आपराधिक गतिविधि र अमानुषिक व्यवहारले घर गरिरहेको छ। मानिसको यो व्यवहारलाई भौतिक सम्पन्नताले निर्मूल पार्न सक्दैन। त्यसका लागि आध्यात्मिक चेतना नै बलवती हुन्छ भन्ने भावनालाई महर्षि फाउन्डेसनले जोड दिने गरेको छ। त्यसकै फलस्वरूप महर्षि फाउन्डेसनले नेपालमा आजकल गुरुकुललाई दक्षिणा दिने गरेको छ। गुरुकुल मा अध्ययन गर्ने स–साना बटुकहरू पनि यज्ञको विधि विधान, संस्कार, संस्कृति र परम्पराबाट नचुुकून् भन्ने धारणालाई ध्यानमा राखिएको छ। गुरुकुल द्वारा विश्व शान्ति तथा राष्ट्रशान्तिका लागि दैनिक प्रातःकालमा यज्ञ सम्पन्न गर्नुपर्छ।

यज्ञ गरेबापतको रकमलाई फाउन्डेसनले दक्षिणाका रूपमा मानेको छ। एउटा यज्ञका लागि मासिक ५५ हजार र दुई यज्ञका लागि मासिक एक लाख १० हजार दिने व्यवस्था मिलाइएको छ। आजसम्म उक्त संस्थाले नेपालमा ९० गुरुकुल मा यो व्यवस्था मिलाएको छ। मन र चित्तलाई शान्त पार्नका लागि संस्कृतमा शास्त्री वा आचार्य गरेर ध्यान सिकेका विद्यार्थीलाई उक्त संस्थाले ध्यान शिक्षकका रूपमा गुरुकुलमा पठाउने गरेको छ। उक्त ध्यान शिक्षकलाई दक्षिणा बापत २५ हजार रूपैयाँ महर्षि फाउन्डेसनले दिने गरेको छ। विद्यालयमा गएका ध्यान शिक्षकले विद्यालयको अध्ययनलाई समेत सहयोग पु¥याउने गरेका छन्। महर्षि फाउन्डेसनले दिने दातव्य अनुदान नभई यज्ञ सम्पन्न गरेबापतको दक्षिणा हो।

महर्षि फाउन्डेसनको दातव्यले गुरुकुलहरूलाई भरथेग सहयोग गरेको छ। यो सहयोग सामान्यतया गुरुकुलीय शिक्षामा एक आयाम बनेर आएको पाइन्छ। गुरुकुलको विकासका लागि नभई यज्ञविधान र विश्व शान्ति नै फाउन्डेसनको मुख्य अभिप्राय रहेको पाइन्छ।  

पाठ्यक्रम  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहको पाठ्यक्रमका लागि पाठ्यक्रम विकास केन्द्रको स्थापना गरेको छ। उक्त विकास केन्द्रले तीन तहको  

पाठ्यक्रम निर्धारण गरेको छ– साधारण माध्यमिक, संस्कृत माध्यमिक र गुरुकुल । साधारण विद्यालयमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षालाई अनिवार्य मानिएको छ। संस्कृत माध्यमिक विद्यालयमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा अनिवार्य विषयका रूपमा स्वीकृत विषय हुन्। संस्कृत माध्यमिक विद्यालयमा तीन सय  

पूर्णाङ्कको संस्कृत अध्ययन हुने गरेको छ। गुरुकुल मा विज्ञान नभई चार सय पूूर्णाङ्कको संस्कृत अध्ययन हुुने गरेको छ। अंग्रेजी अध्ययन गर्न नचाहने विद्यार्थीका लागि गुरुकुल  र संस्कृत माध्यमिक विद्यालयमा अवैसर (अनिवार्य वैकल्पिक संस्कृत रचना) अध्ययन हुने गर्दछ। नेपाल सरकारले गुम्बा र मदरसाका लागि पनि छुट्टै पाठ्यक्रमको व्यवस्था गरेको छ।  

गुरुकुलीय शिक्षा  

नेपालमा गुरुकुल को शिक्षालाई विद्याका रूपमा हेर्न सकिन्छ। गुरुकुल  सन्त, समाजका केही विद्वान्, समाजसेवीले मिलेर सञ्चालनमा ल्याएका हुन्छन्। दिनानुुदिन आधुनिक सभ्यता, मान्यता, पश्चिमा परम्पराबाट भित्रिएका विभिन्न संस्कार र परम्पराले हाम्रो सनातन परम्परा लोप हुन लागेको चिन्ता सञ्चालकमा देखिएको छ। त्यो परम्परामा हाम्रो उत्तरवर्ती पुुस्ता कमजोर बनेका कारण सञ्चालक गुरुकुल ीय शिक्षामा केन्द्रित रहेको पाइन्छ। त्यसको मुख्य उद्देश्य भनेको संस्कृत, संस्कृति, प्राच्य मान्यता, ऋषि परम्परालाई जीवन्त राख्नु हो। ऋषिहरूले हामीलाई प्रदान गरेका चेतना र मानवीय संवेदनाको रक्षा गर्नु रहेको पाइन्छ। आजको पुस्तालाई नवीन दृष्टि दिएर संस्कारयुक्त बनाउनु गुरुकुल को महŒव हुने गरेको छ। संस्कारको जीवन्ततामा गुरुकुल  निरन्तर लागिपरेका छन्।

गुरुकुलको अवस्था  

गुरुकुल  सञ्चालन प्राच्य परम्परालाई जीवन्त राख्नु हो। यो परम्परामा नेपाली समाज र समाजका यावत् क्रियाकलाप मानवीय बनेको हुनुपर्छ। मदरसा र गुम्बा शिक्षालाई नेपाल सरकारले सक्दो सहयोग दिएको छ। गुरुकुलमा त्यस किसिमको अवस्था देखिँदैन। गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षानीतिसँग जोड्न अनिवार्य छ। पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति देखिन्छ, जसले गुरुकुल , गुुम्बा र मदरसालाई समेट्न खोजेको देखिन्छ। आज सरकारी विद्यालयमा शिक्षाको अवस्था कमजोर बन्नु, गुरुकुल , गुुम्बा र मदरसा शिक्षा बढ्दै जानुले नेपालको शिक्षा नीति नै दोषपूर्ण हो कि ? भन्ने संकेत देखाएको छ।  

अबको बाटो

नेपालको शिक्षा नीतिमा एकरूपता छैन। नेपालमा सञ्चालित सरकारी माध्यमिक विद्यालयहरूलाई चुस्तदुरुस्त बनाउन सके शिक्षामा देखिएको व्यापारीकरण कमजोर हुने अवस्था आउने थियो। राज्यले सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई माथिल्लो तहमा अध्ययन गर्न छात्रवृत्तिको जुन किसिमको व्यवस्था गरेको छ, त्यसले केही हदसम्म सरकारी विद्यालयप्रति आकर्षण देखिएको छ। सुधारका पाटा बाहिर आउन सकेका छैनन्। कतिपय सरकारी विद्यालयमा भर्ना नपाउने अवस्था रहे पनि सबै सरकारी विद्यालयको अवस्था त्यस किसिमको देखिँदैन। सरकारले माध्यमिक तहसम्म संस्कृत शिक्षालाई ५० वा १०० पूूर्णाङ्क अनिवार्य गरिदिएमा नेपाली विद्यार्थीले नेपाली भाषालाई शुद्ध तरिकाले उच्चारण गर्ने र लेख्ने परम्पराको विकास हुने थियो। यो सन्दर्भ आज मात्र नभई पहिलेदेखि टड्कारो बनेर देखिएको छ। संस्कृतको विशिष्ट र सामान्य ज्ञान हासिल गरेका व्यक्तिमा नेपाली भाषामा जुन किसिमको दृढता देखिन्छ, त्यो दृढता सबैमा विकास गर्नु अनिवार्य हुन्छ।

गुरुकुल मा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोह होइन, उनीहरूमा जीवन जगत्सित परिचित हुने अभ्यास विकास भएको हुन्छ। विदेशीका इसारामा परिवर्तन गरिने  

पाठ्यक्रमले नेपालको शिक्षा नीतिलाई क्षतविक्षत पारेको छ। त्यो क्षति पूर्ण गर्ने खोज शिक्षाविद् र नीति–निर्माताले गर्नुपर्छ। देशलाई असल राजनीतिज्ञ, वैज्ञानिक, डाक्टर, इन्जिनियर, प्रशासक, प्राध्यापक, शिक्षक, पत्रकार वा समाजका सबै वर्गलाई जीवन्त पार्ने हो भने संस्कृतलाई माध्यमिक तहसम्म अनिवार्य बनाउनुु आवश्यक देखिन्छ।  

गुरुकुल शिक्षाको केन्द्र नभई विद्याका केन्द्र पनि हुन्। आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव छ। यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गरेमा नेपालको शिक्षाले जीवन्तरूप पाउने कुरामा कुनै किसिमको शंका छैन। गुरुकुल  आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्। यिनको संरक्षण र संवद्र्धन सबैको दायित्व हो।

प्रकाशित: १८ वैशाख २०७८ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App