ताप्लेजुङमा सबैभन्दा धेरै मतदान केन्द्र फुङलिङमा र कम मेरिङदेनमा रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यस वर्ष पाँच मतदानस्थल थप हुँदा फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा पाँच मतदानस्थल र उति नै संख्यामा मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलाल (विपिन)का पाँच मतदान केन्द्र रहेको वडा लेलेप अनुसार भौगोलिक हिसावले ठूलो र दूरीका हिसावले निकै लामो पैदल मार्ग पार गर्नुपर्ने वडा हो।
जिल्ला निर्वाचन कार्यालयमा अनुसार फुङलिङमा २१ मतदान केन्द्र रहेका छन्। फक्ताङलुङमा १७ मतदान केन्द्र हुँदा सिरिजङ्गामा १६ मतदान केन्द्र रहेका छन्। यस्तै पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकामा १३–१३ मतदान केन्द्र हुँदा आठराई त्रिबेणी, मैवाखोला र मिक्वाखोलामा गाउँपालिकामा १२–१२ वटा मतदान केन्द्र रहेका छन्।
मेरिङदेनमा भने ११ वटा मतदान केन्द्र रहेका छन्। यसअघिका निर्वाचनमा ७५ मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेकोमा यस वर्ष फक्ताङलुङ गाउँपालिकाको वडा नं २ मा एक तथा वडा नं ६ मा दुई गरी तीन तथा मैवाखोला र मिक्वाखोलामा एक–एक मतदानस्थल थप भएका छन्। थप भएकासहित ताप्लेजुङमा ८० मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेका छन्।
ताप्लेजुङमा ९० हजार तीन सय २७ मतदाता रहेकामा पुरुष मतदाता ४८ हजार दुई सय ८५ तथा महिला मतदाता ४२ हजार ४२ जना रहेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनभन्दा यहाँ दुई हजार ४२ मतदाता बढेका हुन्।
ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १५:२६ मंगलबार





