१ आश्विन २०८१ मंगलबार
image/svg+xml

त्रिविका सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको ब्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएको छ।

भारतीय बोर्ड परीक्षामा नेपाली छोरीले ९६.४ प्रतिशत अंक

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।

बैकल्पिक माध्यम नअपनाउँदा भदौंदेखि सञ्चालन गरिने त्रिविका परीक्षा अनिश्चित

त्रिभुवन विश्वविद्यालयले परीक्षाका बैकल्पिक विधि अपनाउन नसक्दा भदौंदेखि सञ्चालन गरिने भनेको परीक्षा अनिश्चित बनेको छ । जसका कारण विश्वविद्यालयका सेमेस्टर र वार्षिक प्रणाली गरी कुल ७ लाख विद्यार्थीको परीक्षा ५ महिनादेखि सञ्चालन हुन सकेको छैन । यसले विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनको बाटोनै रोकिएको छ ।

सेमेष्टर परीक्षा भदौ तेस्रो र वार्षिक परीक्षा असोज पहिलो हप्तादेखि गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो ।

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ ।

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा संचालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

भाषा परीक्षा सञ्चालन हुने

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोकिएका भाषा परीक्षा तथा अनलाइन प्रणालीमार्फत हुने परीक्षा सञ्चालन हुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण स्थगित भाषा तथा अनलाइन परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ जारी गरी भाषा परीक्षा सञ्चालन गर्न बाटो खोलिदिएको हो।

होम सेन्टरबाटै परीक्षा लिने व्यवस्था गर्दै विश्वविद्यालय

‘विश्वविद्यालय स्वायत्त निकाय हो, आफ्नो परिस्थितिअनुसार कार्यविधि बनाएर अघि बढ्छौं’

विश्वविद्यालय परीक्षा होम सेन्टरबाटै दिन सकिने

कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको हो।

एसइईकाे आन्तरिक मूल्यांकन सम्पन्न

लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्यांकन गरेका हुन्।

एसइईमा ‘ए प्लस’ को प्रलोभन देखाई ११ मा भर्ना गर्न दबाब

उपत्यकाका निजी विद्यालयले आफ्नै विद्यालयको कक्षा ११ मा भर्ना गराए एसइईमा ‘ए प्लस’ आउने गरी नम्बर दिने भन्दै अभिभावकलाई प्रलोभन देखाउन थालेका छन्। विशेषगरी ललितपुर र काठमाडौंका नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई फोन गरेर वा विद्यालयमै भेट्न बोलाएर नानीबाबुलाई आफ्नै विद्यालयको ११ मा भर्ना गरे एसइईमा ‘ए प्लस’ दिने बताएको अभिभावकले गुनासो गरेका छन्।

कक्षा ११ को परीक्षा नहुने, मूल्यांकनको जिम्मेवारी विद्यालयलाई

कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा ११ को मूल्याकनको जिम्मा पनि विद्यालयलाई दिने सरकारी निर्णय भएको छ।

परीक्षा मोडेल परिवर्तन गर्दै त्रिवि

लकडाउनका कारण रोकिएका त्रिविका परीक्षाको गाँठो फुकाउन त्रिभुवन विश्वविद्यालयले गठन गरेको परीक्षा सम्बन्धी समितिले विश्वविद्यालयको प्रोफेसरलाई नै परीक्षाको सर्वेसर्वा बनाउने सुझाव अन्तिम चरणमा पुर्एको छ।

के हुन्छ त्रिविका सेमेष्टर प्रणालीको परीक्षा ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका परीक्षा ६ महिना पछाडि धकेलिन सक्ने

कोरोना त्रासका कारण चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीले त्रिभुवन विश्वविद्यालयको सबै नियमति परीक्षाहरु प्रभावित भएका छन्। जसका कारण विश्वविद्यालयमा परीक्षा दिने तयारीमा रहेका ७ लाख बढी विद्यार्थीहरुको भविष्य अनिश्चित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्