२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसाल सगरमाथा आरोहण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन्।

सिटिजन्स बैंक र मेडिसिटी बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।

कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन दिने

सिद्वार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख रूपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्ने सम्झौता गरेको छ।

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

लामो समयदेखि मृगौला रोगबाट पीडित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। विश्वविद्यालयबाट अवकाश पाए पनि पछिल्लोसमय प्राध्यापक ध्रुवकुमारअनुसन्धानमुलक लेख एवं पुस्तकका साथै अखवारी लेखनमा पनि उत्तिकै सक्रिय थिए। सार्वजानिक जीवनमा भने उनी कमै सक्रिय थिए।

सनराइज बैंकको थप विशेषतासहित स्वास्थ्य योजना

सनराइज बैंकमा बचत गर्दा ग्राहकले बचत र ब्याज मात्र होइन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्।

चुनौतीपूर्ण भएपनि ग्राण्डि अस्पतालद्वारा १०३ मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

ग्राण्डी अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वास्थ्य उपचार सहज र सरल हुने बताएका छन्।

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

एनसिसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई थप सुविधा प्रदान गर्ने सम्झौता गरेको छ।

ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाई बेहोस बनाएर वन कार्यालय पुर्‍याइयो

ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्