१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र मेडिसिटी बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त– द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।

यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ। यो सुविधा बैंकका कार्डबाहक ग्राहकले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाबाट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

हाल बैंकले एक सय ७४ शाखा, एक सय २५ एटिएम र ९३ शाखा रहित बैंकिङ्ग इकाइबाट बैंकिङ सेवा दिदै आएको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App