सिद्वार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख रूपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्ने सम्झौता गरेको छ। उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञराज खरेलले हस्ताक्षर गरेका छन्।
बैंकको उक्त सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मदत पुग्ने बैंकको विश्वास छ।
प्रकाशित: १४ चैत्र २०७८ ०२:२१ सोमबार