२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।

अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, 'एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ। अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ।' अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए। कुनै समय शय्या भरिभराउ हुन्थे। शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ। यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो। असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो।

अस्पताल ६० शय्याकोे छ। यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ। 'कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ', उनले भने, 'नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ।' रासस

प्रकाशित: २ वैशाख २०७९ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App