२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक नियुक्ति अन्योलमा

क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोेर्ट सार्वजनिक गरेको हो।

हिमालय एअरलाइन्सद्वारा अस्पताललाई सहयोग

हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ।

बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा

कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ।

डेंगी रोक्न सतर्कता

डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।

सीता दाहालको पार्थिव शरीर अस्पतालबाट निकालियो, पेरिसडाँडामा राखिँदै

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अस्पतालबाट निकालेर पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।

कोरिया सरकारद्वारा नेपाल कोरिया मैत्री अस्पताललाई एक अर्ब २५ करोड सहयोग

दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।

संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।

हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।

जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन

आतिथेय पालिकाका अध्यक्ष वा मेयरलाई अध्यक्ष तथा जिल्लाका अन्य पालिकाका प्रतिनिधिलाई सदस्य बनाउने तथा प्रदेशले तोकेको एकजना व्यक्तिलाई कार्यकारी सचिव तोक्ने हो भने जिल्लाका अस्पतालराम्रोसँग चल्न सक्थे।

भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ।

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

क्यान्सर अस्पतालमा राजनीतिक दाउपेच

अहिले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने स्वास्थ्यमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।यी दुवै सञ्चालक समितिमा बहुमत पुर्‍याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् ।आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्