१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै

नयाँ बन्दै गरेको संक्रामक तथा सरुवा रोग अस्पताल भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामण तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भइरहेको भन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।

पोखरा महानगरपालिका–३१ मोहरियास्थित प्रदेश सरकार मातहतको उक्त अस्पताललाई अझ स्वास्थ्य सेवा दिने प्रदेश सरकारको योजना रहेको छ। ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले अस्पताल निरीक्षणपछि भने।

संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विशेष ध्यानुपर्नेमा दिन मुख्यमन्त्री पाण्डेको जोड थियो। मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लगायतका बारेमा जानकारी लिएका थिए।

संक्रामक तथा सरुवा रोगको उपचारको लागि प्रदेश सरकारले छुट्टै अस्पताल भवन निर्माण सुरु गरेको छ। तीन वर्षभित्र अस्पताल भवन निमार्ण गरिसक्ने लक्ष्य छ। ‘दुई वर्ष बित्यो, अब एक वर्षको समय छ। २०८१ असार मसान्तसम्म सक्नुपर्ने लक्ष्य छ’ अस्पतालका सूचना अधिकृत केदार लामिछानेले भने, ‘भइरहेको अस्पताल भवनबाट जनरल सेवा दिने योजना छ। नयाँ भवनमा सरुवा रोगको उपचार गरिने छ।’

उनका अनुसार निर्माणाधीन सरुवा रोगको भवन १ सय बेड क्षमताको बनाइने छ। भवन चार तलाको बनाइने छ। भइरहेको अहिलेको अस्पताल भवनमा जनरल र सरुवा रोगका बिरामीहरूको सँगै राखेर उपचार गर्नुपर्ने बाध्यता छ। चारैतिर रिटेनिङ वाल लगाउनुपर्ने बाध्यताले काम ढिलो जस्तो देखिएको उनको भनाई थियो। २६ करोड ८० लाख ५१ हजार ३ सय ५२ रुपैयाँको लागत सम्झौता भएको उनले जानकारी दिए।

‘जनरल र सरुवा रोगका बिरामी एकै भवनमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ’ सूचना अधिकृत लामिछानेले भने–‘छुट्टै भवन निर्माण भएपछि उपचारमा सहज हुने विश्वास छ।’ अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ। उक्त अस्पतालबाट जनरल ओपिडी सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ। सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिँदै आएको डाक्टर विकास गौचनले बताए। 

प्रकाशित: २५ असार २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App