२० आश्विन २०८१ आइतबार
image/svg+xml

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

संसदमा किन उठ्यो गाँजा प्रतिबन्ध हटाउने माग ?

गाँजा खेती नेपाली राजनीतिमा फेरि एकपटक बहसको विषय बनेको छ। विभिन्न देशले यसमाथिको प्रतिबन्ध फुकाएको भन्दै नेपालमा पनि यसविरूद्धको प्रतिबन्ध फुकुवा गर्न नेकपाका सांसद विरोध खतिवडाले बुधबार प्रतिनिधि सभामै आवाज उठाए। त्यसो त नेपालमा गाँजा सधैँ प्रतिबन्धित थिएन। सन् १९७६ मा सरकारले लागुपदार्थसम्बन्धी ऐन ल्याएर यसमा प्रतिबन्ध लगाएको थियो।

नेताको गला धान्नै नसक्ने माला

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

‘ओली असफल भए दाहाल प्रधानमन्त्री बन्न सक्छन्’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन्।

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

बैंकर्सहरूले मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार बेलुका सार्वजनिक समीक्षाले बैंकिङ क्षेत्रलाई संकुचन ल्याउने भन्दै उनीहरूले असहमति जनाएका हुन्। निजी बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिको समीक्षाले समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने बताए। उनले भने, ‘केही क्षेत्रमा यसले असर गर्छ। हामी छलफलमा छौं। भोलि(बुधबार)हाम्रो धारणा सार्वजनिक हुन्छ।’

गाडी किन्न आधा पैसा नगद जम्मा गर्नुपर्ने

बजारमा लगानीयोग्य तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा अल्झिनुभन्दा जनताका लागि काम गर्न सुझाव दिए।

बेरोजगार उत्पादन गर्ने विज्ञान नीति

दुई दशक अघिसम्म नेपालमा विज्ञान तथा प्रविधिका अनुसन्धानमा अति दक्ष जनशक्तिको निकै ठूलो अभाव थियो। सन् २००० पश्चात् विदेशमा पिएचडी गर्न जाने नेपालीमा लहर नै आयो। फलस्वरूप हाल नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सक्ने जनशक्तिको कमी छ जस्तो लाग्दैन। तर कमी छ त केवल राष्ट्रिय नीति, लगानी, कार्य योजना र साधन स्रोतको।

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

विभिन्न मुलुकका लागि हालै नियुक्त राजदूतहरूले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताएका छन्। उनीहरुले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र त्यसक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर काम गर्ने बताए।

डोजरको काममा ७५ प्रतिशत कमी

सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।

एक दिन जब थाइल्यान्ड हल्लियो

“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

अपरिपक्व कूटनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वर्षको चैत २ मा जिम्मेवारी सम्हालेलगत्तै मुलुकको कूटनीति परिपक्व र मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए। उनले सन् २०१८ लाई कूटनीतिक क्षेत्रमा महत्वपूर्ण वर्ष बनाउने भन्दै छिमेकी मुलुक भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने दाबी गरेका थिए।

'निर्णय गर्छ, कार्यान्वयन गर्दैन कांग्रेस'

गुटगत राजनीतिले गाँजेको कांग्रेसमा आन्तरिक सहमतिमा धेरै निर्णय हुन्छन्। तीमध्ये कतिपय त नेतृत्वको आकांक्षबाहिर रहेर सहमतिकै लागि पनि गरिएका हुन्छन्।

ओली–दाहाल प्रणय

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्