२० आश्विन २०८१ आइतबार
image/svg+xml

बेलायतद्वारा आप्रवासीलाई लक्षित कडा नीति प्रस्ताव

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)पछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताव बुधबार सार्वजनिक गरिएको छ। व्यवसायिक समूहहरूले भने ब्रेक्जिट सम्झौता गर्नु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्न सक्ने भन्दै यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन्।

व्यावसायिक वातावरणको प्रतीक्षा

विश्व बैंकले भर्खरै सार्वजनिक गरेको ‘डुइङ बिजनेस २०१९’ प्रतिवेदनमा नेपाल गत वर्षको १०५औँ स्थानबाट तल झरेर ११०औँ स्थानमा पुग्यो । कुल १९० मुलुकलाई समेटिएको प्रतिवेदनमा नेपाल अघिल्लो वर्षभन्दा ०.३२ अंक कम पाएर कुल ५९.६३ अंकसहित ११०औँ स्थानमा परेको हो ।

विकासमा विलम्ब

विगत वर्षमा जस्तै चालु आवमा पनि विकास कछुवाकै गतिमा हुने पूर्वसंकेतहरू देखिएका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि दुई–चार वर्ष आशातित आर्थिक विकास भएको हो। त्यसपछि सुरु भएको राजनीतिक किचलोले अर्थतन्त्रमा पारेको छायाँ अहिलेसम्म पनि हट्न सकेको छैन।

रणनीति तयारीमा अर्थ मन्त्रालय जुट्यो

चुलिँदो व्यापार घाटाबाट आत्तिएको अर्थ मन्त्रालयले यसलाई कसरी कम गर्ने भन्ने रणनीति तयार गर्न सरोकारवाला मन्त्रालयलाई छलफलमा डाकेको छ।

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो।

पर्यटकीय स्थानको महत्व झल्काउने ब्रान्ड निर्माणमा जोड

प्रदेश ३ मा रहेका हिमाली, पहाडी र तराईका पर्यटकीय स्थान झल्किने गरी पर्यटन ब्रान्ड बनाउनुपर्नेमा जोड दिइएको छ। प्रदेश स्तरीय पर्यटन ब्रान्ड तथा रणनीतिक योजना तर्जुमा गोष्ठीमा सहभागी प्रदेशका सांसद, चितवनका स्थानीय तहका मेयर तथा पर्यटन व्यवसायीले प्रदेशको पहिचान झल्किने ब्रान्ड बनाउन सुझाव दिए।

सिक्टा भ्रष्टाचारमा ‘राजनीतिक मलजल’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०६१÷०६२ सालमा सिक्टा सिँचाइ आयोजनाको काम सुरु भएदेखि नै सत्तासीन दल र विभागीय मन्त्रीले आयोजनामा आ–आफ्नो अनुकूलका प्रमुख (निर्देशक) तथा कर्मचारी राख्ने प्रवृत्तिको विकास भयो।

कस्तो कांग्रेस ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ।

खानेपानीमा ‘राजनीति’

भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धोरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो।

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

देशलाई आफ्नै नेताबाट जोगाऔं

दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो गफ छ।

भान्सा आफ्नै बनाऔँ

मुलुकले बजार उदारीकरणको नीति लिएको तीन दशक पुगेको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय सरकारले राज्य नियन्त्रित अर्थनीतिलाई परिमार्जन गर्दै उदारीकरणको नीति अपनाएको थियो। यो नीति मुलुक र जनताका लागि फाइदाजनक रह्यो वा रहेन ? धेरै पटक बहस र पैरवी भएका छन् र अझै पनि हुनेछन्। बजार उदारीकरणका बारेमा जसले जुन धारणा राखे पनि सत्य के हो भने यसले मुलुकको अर्थतन्त्र विस्तारमा भने सहयोगी भूमिका निर्वाह गरेको छ।

प्रचण्डपथमा कांग्रेस

निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो।

‘सरकारले नीतिमा सुधार गरे खाद्यान्न निर्यात हुन्छ’

सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन हुनु नै मेरो लागि महत्वपूर्ण विषय हो। त्यसकारण संघको उदेश्य र सधारणसभाबाट पारित अजेन्डा नै मेरा प्राथमिकताकामा पर्नेछन्। नेपालमा चामल, दाल र तेलका चार हजार उद्योग छन्। ती उद्योगको लगानी र क्षमताको सदुपयोग गरी चामल, दाल र तेलजस्ता दैनिक उपभोग्य खाद्यवस्तुमा देशलाई आत्मनिर्भर बनाउनुपर्छ।

राजनीतिक जीवन समाप्त पार्न आफूमाथि दुर्व्यवहार सहितका प्रचारबाजी गरियो : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सञ्जालमा आफूविरुद्ध केही शक्ति र व्यक्तिले भ्रामक सन्देशलाई भाइरल बनाएर आफ्नो राजनीतिक जीवननै समाप्त पार्ने दुश्प्रयास गरेको बताएका छन्। मुख्यमन्त्री राईले गलत प्रचारको पछि नलाग्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्