२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजनीतिको दलदलमा राष्ट्रपति

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २०४८ सालको संसदीय चुनावपछि गठित राष्ट्रियसभा सदस्य थिए । त्यहाँ २०४८ मा पहिलो दुई वर्ष र दोस्रो पटक २०५० मा दोहो¥याएर उनी लामो समयसम्म प्रमुख प्रतिपक्षी नेताको हैसियतमा रहे । २०५६ को संसदीय निर्वाचनमा उनी रौतहटबाट निर्वाचित भए र प्रतिनिधिसभामा पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहे ।

राजनीतिभन्दा माथि समृद्धि

संयुक्त राज्य अमेरिका र नेपालबीच सम्बन्ध स्थापित भएको ७०औँ वर्षको अवसरमा हामीले मनाइरहेको विशेष उत्सव अब अन्तिम चरणमा आइपुगेको छ । म यस बेला हाम्रो सम्बन्धका आगामी ७० वर्ष कस्ता होलान् भन्ने कल्पना गरिरहेकी छु । बलियो साझेदारी त हामीसँग छँदैछ । अबको प्रश्न हामी त्यसलाई अर्को तहमा कसरी पु¥याउन सक्छौँ भन्ने हो । सन् २०१७ को अन्तिम महिनामा म केही चिन्तनमनन गर्न चाहन्छु– नेपालको पूर्ण सम्भावनालाई वृद्धि गर्न सम्भव बनाउने परिवर्तनहरू के हुन् ? हामी कसरी अझ प्रभावकारी तरिकाले सहकार्य गर्न सक्छौँ ?

राजनीतिमा यो ठट्टा कि बेइमानी ?

मतगणना परिणाम धमाधम आउँदै गरेको कुनै एक दिन एमाले केन्द्रीय कार्यालयको प्रांगणमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाल, केही पत्रकार र कार्यकर्ताबीच यही विषयमा अनौपचारिक कुराकानी भइरहेको थियो। जिज्ञासु उनको पार्टीले कुल कति स्थान जित्ला भन्ने विषयमा उनको आँकलन जान्न चाहिरहेका थिए ।

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

संघीय संरचना लागू भएसँगै विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायमा पुगेपछि केही स्थानीय निकायले गैरजिम्मेवार ढंगमा अघि बढ्न थालेपछि शिक्षकहरूले आपत्ति जनाएका छन् ।

संविधानमा राजनीति र कानुन मिसाउँदा गाँठो नफुकेको होः खिमलाल देवकोटा

राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश रोकिनु संवैधानिक वा कानुनी जटिलता नभई राजनीतिक कारण रहेको वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले बताएका छन् । देवकोटाले भने, ‘संसदमा प्रस्तुत भएको विधेयकमा एकल संक्रमणीय मत प्रणालीको प्रावधान थिएन । तर अध्यादेशमा राखेपछि राष्ट्रपति अलमलमा पर्नुभएको हो।’

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

धानको राजनीति

वर्ष दिन अघि झापालाई धानको ‘सुपर जोन’ घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बनियानीमा घोषणा गरेका थिए, ‘अहिलेसम्म भगवान खुशी भएर पानी पारिदिएका कारण धान फलेको हो। तर कुनै वर्ष भगवान रिसाए भने के हुन्छ ? त्यसैले अब सिँचाई, मल र बजारको समस्या हल हुने गरी यो कार्यक्रम अघि बढ्नेछ।’

राजधानी राजनीति

सरकारले प्रदेशका राजधानी घोषणा गर्ने तयारी सुरु गरिरहेको समयमा विभिन्न स्थानमा आफ्नो सहरलाई राजधानी बनाउनुपर्ने माग गर्दै दबाबमुलक आन्दोलन सुरु भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाकै चुनावमा कतिपय उम्मेदवार राजधानीको विषयलाई आफ्नो चुनावी अजेन्डा बनाएर प्रतिस्पर्धामा होमिएका थिए । यसको प्रभावका कारण पनि आन्दोलन बाक्लिँदैछ।

वर्णसंकर राजनीतिका जालझेल

मधेसमा शोक छाएको बेला पहाडमा दीपावली गरिएकाले मधेसीहरूको मन फाटेको अवस्था छ । जनजातिहरूको स्वशासनको चाहना निलम्बित छ, मरेको छैन । दलित सम्मानको संघर्ष उपयुक्त नेतृत्वको प्रतीक्षामा छ । वर्चस्वशाली नृजातीयता सरकार मात्र बनाएर सुनिश्चित हुनेछैन ।

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । ‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’

‘राजनीतिक विभेद चिर्दै समृद्धितर्फ लाग्नुपर्छ’

राजविराज- सप्तरी तिलाठीका ७० वर्षीय योगेन्द्र झा भूमिगतकालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेका छन् । पञ्चायतविरोधी आन्दोलनका कारण जेलसमेत परेका झा कांग्रेसले विकासको नाममा तराई मधेसलाई सधैं झूटो आश्वासनमात्रै बाँड्ने गरेको निष्कर्ष निकाली २०६२÷६३ को राजनीतिक परिवर्तनपछि मधेसवादी विचारधारातर्फ आकर्षित भए । यद्यपि नेताको सत्तास्वार्थ र पदलोलुप रबैयाले मधेसवादी दलसँग पनि उनी सन्तुष्ट देखिँदैनन् ।

राष्ट्रियसभा अध्यादेश: राष्ट्रपति राजनीतिक परामर्शमा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा प्रमुख राजनीतिक दलबीच सहमति जुट्न नसकेपछि परामर्श थालेकी छिन्। दुई महिनाअघि सरकारले स्वीकृतिका लागि पठाएको सो अध्यादेश स्वीकृत नगरेकी राष्ट्रपति भण्डारीले सहमतिका लागि दलका नेतासँग परामर्श थालेकी हुन।

चुनाव हारे पनि राजनीति हारेको छैन : महामन्त्री शाही

नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटक चुनावबाट पराजय भए पनि राजनीति भने जितेको बताए । कालिकोटका साढे १६ हजार मतदाताले मत दिएर राजनीतिमा थप हौसला प्रदान गरेको महामन्त्री शाहीले बताए।

राजनीतिलाई पेशा र जागीर नबनाऔं: बिन्दुकुमार थापा

बिन्दुकुमार थापा, ५८, कांग्रेसबाट जित हात पार्ने कास्कीका एकमात्र उम्मेदवार हुन् । थापा कास्की–२ (ख) बाट निर्वाचित भएका हुन् । विजयी भएका थापा पोखराका ब्यापारी पनि हुन् । उनी पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा घरजग्गा र अटोमा उनको लगानी छ । त्यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेका छन् । कास्कीमा एमालेको पकडलाई तोड्ने एकमात्र कांग्रेसका उम्मेदवार पनि थापा नै बनेका छन् ।

संघीय सहरी नीति ल्याउने तयारी

सहरी विकास मन्त्रालयले मुलुकको संघीय संरचनाअनुसार सहरी संरचना विकास र व्यवस्थापनका लागि ‘संघीय सहरी नीति’ ल्याउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्