२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेतृहरूको उपेक्षित राजनीतिक इतिहास

गणतन्त्र नेपालको संविधान निर्माणपछि भएको पहिलो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन परिवर्तित राजनीतिक संरचना र परिवेशले मात्रै हैन, चुनावी विधि र प्रक्रियाले पनि धेरै पृथक रह्यो ।

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

‘इमान’ मा अडेको लालबाबु राजनीति

एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डित चुनावमा प्रतिस्पर्धा गर्दा आफूसँग पैसा नभएको भन्दै कार्यकर्तालाई आफै व्यवस्थापन गर्न आग्रह गर्थे । तिनै पण्डित मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै विजयी भए । उनको सरल र सक्रिय अनि निष्ठावान व्यक्तित्व राजनीति गर्नेका लागि प्रेरक र उदाहरणीय मात्रै छैन, त्यसैका कारण उनले निर्वाचन जिते।

प्रश्न राजनीतिक ओलीको जवाफ अर्कै (भिडियो)

आइतबार उपेन्द्र महतोको लगानीमा खुलेको मेडसिटी अस्पताल पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले निर्वाचन पछिको परिणाम पछि गठन हुने सरकारको सम्भावनाबारे प्रश्न गरे। अब सरकार गठनको प्रक्रिया अघि बढ्छ होला ?

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले  ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् ।  विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण  पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।

‘पहिचान खोज्दै राजनीतिमा’

अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेबित्तिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिंकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् ।

योगदान होइन, व्यवधानको राजनीति !

चाबहिलदेखि साँखुसम्म पुग्ने १२ किलोमिटर सडक दुई वर्षदेखि निर्माणाधीन छ । सम्पन्न कहिले हुने भन्ने कुनै ठेगान छैन । कामको प्रकृति हेर्दा कतिपय खण्डमा ६÷७ जना ज्यामी मात्र काम गरिरहेको देखिन्छ । जब कि, एउटा निजी घर बनाउँदा घरधनीले त्योभन्दा बढी ज्यामीलाई काममा लगाएर आँटेको समयमा निर्माण सम्पन्न गरिरहेका छन् । त्यस्ता किसिमका सडकमा यतिबेला कम्तीमा दुई हजार ज्यामी आवश्यक मात्रामा उपकरणहरूसहित काम गरिरहेको हुनुपर्ने थियो ।

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ।

पहिला स्मार्ट राजनीति

बाहिर हिँड्दा सिजनअनुसार धुलो र हिलोले दिने सास्तीबाट नागरिक आक्रान्त छन् । दिनदहाडै राजधानीको मुटुमा गोली हानी व्यवसायी नागरिकको हत्या हुन्छ । जेब्रा क्रसिङमै सवारी साधनहरूले नागरिकको ज्यान लिएका घटना थुप्रै छन् । वर्षाको भेलले राजधानीका मूल सडकमै अबोध बालबालिकाले ज्यान गुमाएको घटनाका प्रत्यक्षदर्शी हामी नै हौँ ।

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

नेपाल मिडिया सोसाइटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउन तथा राजनीतिक निकास दिनुपर्ने बताएको छ।

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

चल्दैन देश हिंसाको राजनीतिबाट

विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको दिगो शान्तिका फल आमनागरिकसम्म पुग्न प्रमुख दल र तिनका नेता एकजुट भएर जिम्मेवारीसाथ लागि पर्नुपर्ने अपरिहार्य छ ।

ध्रुवीकृत राजनीति

‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’लाई चरितार्थ गर्दै दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएका छन् । संयुक्त घोषणापत्रसमेत जारी गरेका यी दुई वाम पार्टीले चुनावपश्चात् पार्टी एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने योजना बनाएका छन् । मंसिर १० र २१ गतेका संघीय संसद् (प्रतिनिधि सभा) र प्रदेश सभा सदस्यको निर्वाचनको निकटतासँगै प्रमुख राजनीतिक दलबीच राजनीतिक धु्रवीकरण तीव्र बन्न पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्