७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

काठमाडौं– परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

‘गल्फ खेल्ने कौशलले नेपाली कूटनीतिज्ञको क्षमता अभिवृद्धि गर्ने विश्वास हामीले लिएका छौं,’ अधिकारीले भने। गल्फ तालिम १० दिनसम्म चल्ने जनाइएको छ।

‘कूटनीतिज्ञहरुलाई आधुनिक सिप र प्रविधिले सुसज्जित गर्न तथा कूटनीतिमा गल्फ खेलको महत्व बुझी परराष्ट्र मन्त्रालयको सचिव र सहसचिवहरुलाई गल्फ तालिम दिन सुरु गरिएको छ,’ परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए।

व्यवसायिक गल्फ खेलाडीले परराष्ट्रका उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको उनले जनाए। गल्फको सैद्धान्तिक र व्यवहारिक ज्ञान तालिमको क्रममा दिइनेछ। ‘गल्फ खेल्ने कौशलले नेपाली कूटनीतिज्ञको क्षमता अभिवृद्धि गर्ने विश्वास हामीले लिएका छौं,’ अधिकारीले भने। गल्फ तालिम १० दिनसम्म चल्ने जनाइएको छ।

केही साता अघि परराष्ट्रले आफ्ना कर्मचारीलाई चिनियाँ, अरबी र फ्रेन्च भाषाको प्रशिक्षण दिने कार्य सुरु गरेको थियो। कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उदेश्यले भाषा प्रशिक्षण सुरु गरिएको थियो। परराष्ट्रले अहिले अधिकृत र नायव सुब्बा तहका कर्मचारीलाई चिनियाँ, अरबी र फ्रेन्च भाषा प्रशिक्षण दिइरहेको छ।

हाल चिनियाँ भाषा प्रशिक्षणमा २७, फ्रेन्च भाषा प्रशिक्षणमा २३ र अरबी भाषा प्रशिक्षणमा २७ जना परराष्ट्रका कर्मचारी सहभागी छन्। परराष्ट्रले आफ्नो कर्मचारीले नेपाली र अंग्रेजीबाहेक तेस्रो भाषा पनि जान्नु पर्ने मापदण्ड राखेपछि भाषा प्रशिक्षणको व्यवस्था गरेको हो । सोही अनुसार कर्मचारीहरु भाषा प्रशिक्षणमा सहभागी भएका छन्।

प्रकाशित: ११ मंसिर २०७४ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App