२० आश्विन २०८१ आइतबार
image/svg+xml

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

अमेरिकी सेनाको टोली नेपाल आउँदै

अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदैछ।भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो।

अमेरिकी सिनेटर क्रिस काठमाडौँमा

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रवार नेपाल आइपुगेका हुन्।

सधैं शंका गरिरहने ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको दिनमा आइपुग्दासमेत यसमाथि शंका गर्न छाडिएको छैन । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकार प्रमुख र सत्ता गठबन्धनका जिम्मेवार नेताका अभिव्यक्तिले समेत फेरि शंकाको वातावरण सिर्जना गरेका छन्।

आजदेखि एमसिसी कार्यान्वयनमाः पाँच वर्षमै पूरा हुनेमा प्रशस्त आशंका

करिब ७० करोड डलर (९२ अर्ब रूपैयाँ) को अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन तहमा प्रवेश गर्ने भएको छ।

भारतीय मूलका रामास्वामी अमेरिकी राष्ट्रपतिका उम्मेदवार

अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।

वाइडबडी ‘विमान’ भ्रष्टाचारमा अमेरिकी चासो

अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन्।

बाइडेनको निष्प्रभावी चीन–नीति

अमेरिकाको नयाँ नीतिले आफ्नो व्यापारलाई चीनबाट अन्यत्र मोड्न त सक्ला तर आपूर्ति शृंखलामा चीनको वर्चस्व तोड्न भने सजिलो छैन।

सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशी मन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड-२०२३’ बाट सम्मान गरेका छन्।

अवैध ढंगले विदेशी सेनामा नेपाली

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो।

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ।

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्