१९ असार २०८१ बुधबार
image/svg+xml

अनुसन्धानको केन्द्र बन्दै इको प्यानल नेपाल

साधारणतया उद्योगपतिले आफनो उद्योग स्थापनाको उद्देश्य नाफालाई केन्द्रित गर्छन् तर भक्तपुरको एउटा उद्योग भने नाफासँगसँगै अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ।

मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार

साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३औं दिनमा बिहीबार दाहसंस्कार गरिएको हो।

र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे

स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ।

चिया श्रमिकलाई खाद्यान्न वितरण

श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।

फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान

अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

चिया श्रमिकलाई खाद्यान्न वितरण

निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित चिया श्रमिकका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ।

म्यानपावरका मनपरी

खासमा ठगिने व्यक्ति यस्तो पृष्ठभूमिबाट आउँछन् जसका निम्ति यहाँ बोलिदिने कोही हुँदैनन्। यसरी ठगिएका कैयन् व्यक्ति कुनै कारबाही भएको परिणाम पर्खेर बस्ने स्थितिमा हुँदैनन्। फेरि अर्को ठाउँमा रोजगारीका निम्ति जानुपर्ने हुन्छ। अनि तिनलाई ठगेको विषय यत्तिकै हराउँछ।

सरकारले बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो।

उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

उनले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गरेका छन्। यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यकरूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ।

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। तर मिलेमतोमा यो ऐन कार्यान्वयन ल्याइएको छैन।

सरकारको साझा कार्यक्रम: मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

कोरोना महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माणलाई गठबन्धन सरकारको प्राथमिकतामा राखिएको छ। कोरोना नियन्त्रणका क्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन र दोषी देखिने व्यक्ति र संस्थालाई कानुनी कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

बंगलादेशमा अध्ययनरत मेडिकलका विद्यार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका अध्यक्ष नवीन यादवको नेतृत्वमा पीडित विद्यार्थीहरुले प्रधानमन्त्री देउवालाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

तपाईँको मास्क खोई ?

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण कसी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्वास्थ्य प्रमुख, अस्ताल प्रमुख लगायतको सहभागीतामा सदरमुकाम लिवाङ बजारमा मास्क नलगाएकालाई मास्क वितरण गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्