७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

तपाईँको मास्क खोई ?

‘तपाईको मास्क खोई’ अभियान तस्बिर: दिनेश /नागरिक

रोल्पा प्रहरीको अग्रसरतामा तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ। रोल्पा नगरपालिकाका प्रमुख पुर्ण कसी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्वास्थ्य प्रमुख,अस्ताल प्रमुख लगायतको सहभागीतामा सदरमुकाम लिवाङ बजारमा मास्क नलगाएकालाई मास्क वितरण गरिएको थियो। अभियानमा जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा मास्क वितरण गरिएको प्रहरीले बताएको छ।

अभियानको नेतृत्व गरेका रोल्पा प्रहरी प्रमुख डिएसपि नरेशराज सुवेदीका अनुसार पहिलो चरणमा जिल्लाको मुख्य बजारमा अभियान संचालन गरिएको भए पनि बिस्तारै ग्रामिण भेगमा पनि अभियान संचालन गरिने छ। कोरोना महमारीको दोस्रो चरण सुरु भएयता पछिल्लो समय लापरबाही बढ्दै गएको भन्दै प्रहरीले ‘तपाईको मास्क खोई’ अभियान सुरु गरेको हो।  

कोरोना संक्रमण दर नघटिरहेको अवस्थामा संक्रमण न्युनिकरण गर्न प्रहरीको यो अभियानले सहज हुने अभियानमा हिडेका नगरप्रमुख पुर्ण कसीले बताए। उनले भने ‘यो अभियानले मास्क लगाउने बानीलाई निरन्तरता दिन सहयोग पुर्‍याउने छ। स्थानीयहरुमा भय हराउदै गएको र लापरबाही बढ्न थालेको अहिलेको अवस्थामा अभियानले सकारात्मक संदेश पनि दिएको छ।’

प्रहरीको यो अभियानलाई स्थानीय सरकारहरुले गाउँगाउँमा सुरु गर्नु पर्ने देखिएको छ। जिल्ला प्रसाशन कार्यालयको तथ्याङ्क अनुसार बिहिवार सम्म ६६ जना सकृय संक्रमित रहेका छन्। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा २० जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म २ हजार २ सय ५५ जनाले कोरोना जितेका छन्।  

प्रकाशित: २२ श्रावण २०७८ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App