२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनुसन्धानको केन्द्र बन्दै इको प्यानल नेपाल

साधारणतया उद्योगपतिले आफनो उद्योग स्थापनाको उद्देश्य नाफालाई केन्द्रित गर्छन् तर भक्तपुरको एउटा उद्योग भने नाफासँगसँगै अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ झौखेलस्थित इको प्यानल नेपालले विषयसँग सम्वन्धित विद्यार्थी तथा अन्यलाई अनुसन्धान गर्न दिने केन्द्रका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढाएको जानकारी गराएको छ।  

उद्योग पूर्ण रुपमा सञ्चालनमा नआउँदै यो उद्योगले अनुसन्धानका लागि ठाउँ दिन थालेको छ। उद्योगमा काठमाडौं विश्वविद्यालयका तीनजना विद्यार्थीले अहिले इन्टर्नशिप गरिरहेका छन्। विश्वविद्यालयमा वीई केमिकल इन्जिनियरिंग चौथौ वर्ष अध्ययनरत तीन जना विद्यार्थीहरु रसहरल ध्वजू, रोजिश प्रजापति र उर्गेन तामाङले दुई महिने इन्टर्नशिप गरिरहेका हुन्। विश्वविद्यालयको केमिकल साइन्स एण्ड इन्जिनियरिंग डिपार्टमेन्ट अन्तर्गतका उनीहरुले आफनो पाठ्यक्रम अनुसार त्यहाँ इन्टर्नशिप गरिरहेका हुन्।  

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरी लैजाने योजनाकासाथ विद्यार्थीलाई ठाउँ दिएको जनाए। चीनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसोर्सेस एण्ड इनभारामेन्टल साइन्समा पीएचडीरत दुवालले अनुसन्धानको महत्व ठूलो रहेकाले आफूहरुले उद्योलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ सुरुवात गरेको जनाए। 

‘अनुसन्धानले नयाँ तथ्य फेला पर्छ र यो सम्पूर्ण विश्ववासीका लागि नै उपयोगी हुन्छ, दुवालले नागरिकसँग भने, ‘यसकारण हामीले सामाजिक उतरदायित्वलाई पनि ध्यान दिँदै उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनालाई पनि विशेष प्राथमिकता दिएका हौं।’  

उद्योगमा इन्टर्नशिप गरिरहेका विद्यार्थीमध्येका एक उर्गेन तामाङले पाठयक्रम र पाठयपुस्कत अनुसार उद्योगमा प्रत्यक्ष अध्ययनअनुसन्धान गर्न पाउँदा सिक्ने मौका फराकिलो भएको बताए। यसले आफूहरुको ज्ञान आर्जनमा फराकिलो मात्रै नभई आफूले पाएको ज्ञान देश र समाजको हितमा प्रयोग गर्ने भएकोले सवैका लागि हित हुने बताए।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंग डिपार्टमेन्ट अफ केमिकल साइन्स एण्ड इन्जिनियरिंग धुलिखेल काभ्रेपलान्चोकका हेड एण्ड एसोसियट प्रोफेसर डा राजेन्द्र जोशीले विद्यार्थीको ज्ञान आर्जनलाई फराकिलो बनाउन समयसमयमा विभिन्न इन्डष्ट्रिज कर्पाेरेशनहरुमा इन्टर्नशिपका लागि पठाउने गरेको जनाए। यसले विद्यार्थीलाई मात्रै फाइदा नगरी समग्र मुलुकलाई नै अप्रत्यक्ष रुपमा फाइदा हुने विश्वास उनले लिए।  

इको प्यानल नेपालको इको प्यानल भित्रि तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँ निर्माण सामग्री हो। यो नेपालकै अहिलेसम्मको ठूलो लगानी भएको इको प्यानल कम्पनी हो। जिल्लास्थित झौखेलको १० रोपनी क्षेत्रफलमा यो उद्योग फैलिएको छ।  

इको प्यानल हुलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ। साथै यो ध्वनि प्रतिरोधी, अग्नी नियन्त्रक पनि हुन्छ। यसकारण हिजाआज इको प्यानलको माग देशैभरि बढ्दो छ।

प्रकाशित: २९ श्रावण २०७८ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App