६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीको धार्मिक क्षेत्र संरक्षणमा नेपाली सेना

जुम्ला स्थित नेपाली सेना धार्मिक क्षेत्र संरक्षणमा जुटेको छ। प्रशिद्ध धार्मिक स्थलको सरसफाई गर्ने, मन्दिरको मर्मत संभार गर्दै धार्मिक पर्यटनको महत्वका बारेमा प्रचारप्रसारमा जुटेको हो।

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

राउटे बस्तीमा तीन जनाको मृत्यु

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए। सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए।

सुर्खेतमा बढ्दै कोरोना संक्रमण

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्।

कर्णाली प्रतिष्ठानको विकासमा साथ दिन्छु: प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोबिन्द प्रसाद कलौनीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विकासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामारीका समयमा कर्णाली प्रतिष्ठानले देखाएको तदारुकताको उच्च प्रशंसा गरे।

कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो

कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए।

कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन्।

कर्णालीमा डुंगा दुर्घटना, ६ जना बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।

सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए

कवाडी सामान जुटाएर छाक टार्ने सुन्तले दमाईलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ।

कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात

कर्णाली नदीमा जीप खसेर शुक्रबार (हिजाे) बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ।

कर्णाली नदीमा जिप खस्दा दुई बेपत्ता

कैलालीको कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालबालिका घाइते भएका छन्।

कर्णालीको बजेट खर्चः ११ महिनासम्म २७ प्रतिशत, असारमै ३८ प्रतिशत

आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र चालूतर्फ ३०.०९ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। असार महिनामा पुँजीगत खर्च ४६.१७ प्रतिशतले बढेर ७०.६३ प्रतिशत पुग्यो भने चालूतर्फ असार महिनामा २६.९५ प्रतिशत बढेर ५८.८८ प्रतिशत पुग्यो।

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

नेताहरुको प्रतिबद्धता करिब–करिब दुई वर्ष टिक्यो। कानून निर्माण, प्रदेश सरकारका गतिविधिको अनुगमन र खबरदारीमा सक्रियता देखाउँदै आएको प्रदेशसभा सत्तापक्ष प्रतिपक्ष टकरावका कारण पछिल्लो एक वर्ष भने शिथिल बन्न पुगेको छ।

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।

नेपालको सबैभन्दा लामो गेरुवा (फाेटाेफिचर)

एक हजार १५ मिटर लम्बाइ रहेको यस पुल २०६७ कात्तिक ११ गते उद्घाटन भएको थियो। बाँकेको नेपालगन्जस्थित धम्बोझी–खजुरा हुँदै यहाँ पुग्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्