५ आश्विन २०८१ शनिबार
image/svg+xml

तराई –मधेसमा शीतलहर, जनजीवन प्रभावित

पूर्वी तथा मध्य तराईका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ।

मधेसमा विवाह : दाइजोले उकुसमुकुस

मधेसी समाजमा केटी पक्ष विवाहको पहिलो कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटापक्षकै जस्तो बलियो बनाउनुपर्छ । केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाई (बार्गेनिङ) गर्दै सर्त घटाउने प्रयत्न गर्छन् । मोलमोलाइको यो क्रम महिनौँसम्म चल्छ । दुवै पक्षका मध्यस्थकर्ता कुरा मिलाउन दौडधूप गर्छन् ।

डिपिआरबिनै फास्टट्रयाक

काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

मधेसी दलितको अत्यास, ऋणले धानेको विपन्न जिन्दगी

लहान नगरपालिका २२ (नवकाटोल मुसहरी) सडक छेउ स्थित एलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दशैं सदायको चार परिवार अटाएको छ। दुई छोराछोरी सहित दशैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन्।

‘कर्ममूमिमै रमाउँदैछु’

मधेस आन्दोलनका बेला सर्लाही, नवलपुरका किरणप्रसाद अधिकारीको परिवार गाउँबाट विस्थापित भयो । त्यसपछि उनी राजधानी आए । त्यहाँको अवस्था फेरिएपछि आमा जन्मभूमि फर्किइन् । तर, उनी छोराछोरीसहित राजधानीमै बसिरहेका छन् ।

मधेसकाे माैलिक तिहार

मधेसका देहातमा ‘दियाबमले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।

मधेसमा शिक्षा किन कमजोर?

विभिन्न शैक्षिक सूचकहरूले प्रदेश नम्बर २ को शैक्षिक अवस्था कर्णाली प्रदेशको भन्दा कमजोर देखाउँछन् । जनसंख्याको ठूलो चाप मधेस/तराईमा छ ।

लोप हुँदै ‘भिझिया’

तराई–मधेसमा दसैंका बेला महिलाले मनाउने सांस्कृतिक पर्व ‘भिझिया’ विस्तारै लोप हुँदै गएको छ । यस पर्वमा मधेशी महिलाले प्वालै–प्वाल पारिएको गाग्रोभित्र दियो बालेर राति गीत गाउँदै र नाच्दै गाउँ डुल्ने गर्छन्।

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ कुहिन थालेका हुन्।

मधेसी दलको दोहोरो चरित्र

राष्ट्रिय पार्टीहरूले असोज ३ मा संविधान दिवस मनाइरहँदा संसद्मा प्रतिनिधित्व गरेका तराई मधेस केन्द्रित दुई राष्ट्रिय दल जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल भने संविधान दिवसका दिन दोहारो चरित्रमा देखाएका छन् । राजपा र फोरम संविधानसँग असन्तुष्ट छन्।

बत्ती बाल्ने कि निभाउने बहसमा मधेस राजनीति

संघीय समाजवादी फोरम नेपालबाट लहान ७ का वडाध्यक्ष निर्वाचित राकेश गुप्ता रोशनले भदौ ३१ गत्ते फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘त्रुटी नसच्याएसम्म यो संविधानले मधेसी जनजातीलाई कुनै फाइदा पुर्याउन सक्दैन।’

पर्वले बढाउँदै सामुदायिक अन्तरघुलन

लहान–३ स्थित शिव मन्दिरमा बुधबार विहानैदेखि तीजको कथा श्रवण गर्ने महिलाहरुको बाक्लो उपस्थिती थियो। तीज कथा श्रवण गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिती पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।

कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन राजपाकाे माग

पाँच दिनको प्रतिक्षापछि आइतबार प्रधानमन्त्रीलाई भेटेका राष्ट्रिय जनता पार्टीका नेताहरूले मुद्दा फिर्ताको मागलाई पहिलो प्राथमिकतमा राखेका छन्।

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेश मन्त्रीको कुर्सीसम्म पुगेका छन्।

अधूरो पुलमा अल्झिएको मधेस समृद्धि

हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा कमला र बलान नदीमा पुल शिलान्यास हुँदा सप्तरी, सिरहा र धनुषाका ग्रामीणदेखि सहरीया बासिन्दासमेत खुसी भए । राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका नागरिक मख्ख परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्