४ वैशाख २०८१ मंगलबार
राजनीति

कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन राजपाकाे माग

काठमाडौं - पाँच दिनको प्रतिक्षापछि आइतबार प्रधानमन्त्रीलाई भेटेका राष्ट्रिय जनता पार्टीका नेताहरूले मुद्दा फिर्ताको मागलाई पहिलो प्राथमिकतमा राखेका छन्। उनीहरूले आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता नगरेकोमा प्रधानमन्त्रीसँग असन्तुष्ट जनाएको छन्।

राजपाका अध्यक्षमण्डलका सदस्यहरूले आइतबार साँझ सयुक्तरूपमा प्रधानमन्त्रीलाई भेटी मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

यसैगरी सांसद रेशम चौधरीलाई सपथ गराउने विषयमा सरकारले चासो नदेखाएको भन्दै प्रधानमन्त्रीसँग गुनासो पोखेका छन्। प्रधानमन्त्रीले भने यसबारेमा सरकारले कानुनी अवस्था बुझ्ने आश्वासन दिएका थिए। राजपाले उठाएको विषयमा प्रधानमन्त्रीले ठोस जवाफ नदिएको राजपाका नेताहरूले जनाएका छन्। राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले प्रधानमन्त्रीसँगको भेटमा राजपाले उठाएको विषयमा प्रधानमन्त्रीले कानुनी अवस्था बुझ्ने आश्वासन दिएको बताए। उनले भने, ‘मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थियौं तर प्रधानमन्त्रीले ती मुद्दाबारे कानुनी अवस्था बुझ्छौ भनी आश्वान दिनुभयो।’ मुद्दा फिर्ता गर्न कानुनसम्मत भए नभएकोबारे सरकारले बुझ्ने आश्वासन प्रधानमन्त्रीले दिएको पनि यादवले जानकारी गराए।

मधेस आन्दोलनका क्रममा २०७२मा जलेश्वरमा भएको थम्मन विक काण्डमा सरकारले राजपा र संघीय फोरमका २८ कार्यकर्तामाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारले मुद्दा फिर्ता नलिदाँ राजपा र फोरमका प्रदेश मन्त्री, प्रदेश सांसद, मेयरलगायतका जनप्रतिनिधिसमेत अदालतको पक्राउ सूचीमा रहेका छन्।

राजापका नेताहरूले प्रधानमन्त्रीसँग संविधान संशोधनको विषयमा पनि कुरा उठाए पनि प्रधानमन्त्रीले ठोस जवाफ नदिएको राजपाका नेताहरूले जनाएका छन्। राजपाका नेताहरूले सरकार निर्माण भएको ६ महिना बितिसक्दा पनि सरकारले राजपको माग पूरा गर्ने विषयमा कुनै चासो नराखेको गुनासो गरेका थिए। ‘अब हामीले हाम्रा कार्यकर्तालाई सम्झाएन पनि गाह्रो भइसकेको छ। के भनेर सम्झाउने?,’ भन्दै महन्थ ठाकुरले प्रधामन्त्रीसँग दुःखेसो पोखेका थिए।

राजपाले उठाएको सबै मागमा प्रधानन्त्रीले सकारात्मक जवाफ दिएको तर परिणाम देखिने गरी कुनै ठास केही नभनेको राजपका अध्यक्ष मण्डलकासदस्य अनिल झाले बताए। उनले भने, ‘हामीले परिणम खोज्छौ। तर प्रधानमन्त्रीले परिणाम देखिने गरी केही भन्नुभएन।’ चौधरीको सपथ ग्रहण गराउने विषयमा प्रधानमन्त्रीले यसबारमा आफूले चाहेर पनि केही गर्न नसकेको जवाफ दिएका थिए। स्रोतका अनुसार उनले भने, ‘हामी आफैं पनि चौधरीलाई सपथ ग्रहण गराउने विषयमा सकारात्मक छौ। यस विषयमा अदालतमा मुद्धा जारी रहेकोले सरकारले चाहेर पनि केही गर्न सकेको छैन।’ पाँच दिनदेखि राजपा नेताहरूले प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेकोमा आइतबार मात्रै सम्भव भएको हो।

प्रकाशित: २८ श्रावण २०७५ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App