![समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ: अर्थमन्त्री](https://images.nagariknewscdn.com/thumbs/third-party/1719053570_barsaman_pun-600x400.jpg)
तराई –मधेसमा शीतलहर, जनजीवन प्रभावित
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/Sheetlar-1-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e19a70-1200x560-wm.jpg)
लहान- पूर्वी तथा मध्य तराईका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ।
बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ।
बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरु हेडलाइट बाल्न बाध्य छन्। बुद्यबार बिहान लहानको तापक्रम ७ डिग्री सेन्टिग्रड मापन गरिएको छ। राति पनि शीतलहर चलेका कारण चिसो बढी महसुस हुने गरेको छ। शीतलहरका कारण बिहानको समयमा लहान लगायत तराई मधेसका बजारमा चहलपहल कम हुन थालेको छ। सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन्। तराई मधेसमा पुसको पहिलो सात्ताबाट शीतलहर सुरु भएर माघको अन्तिम सात्तासम्म शीतलहर चल्ने गरेको पाईन्छ।
मौसममा आएको परिवर्तन र चिसो हावाका कारण मधेसी समाजको जनजीवन कष्टकर बनेको छ। खासगरी विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ। शीतलहरबाट मुसहर, चमार, डोमलगायतका बिपन्न बढी पिरोलिएका छन्। चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थीको विगतको तुलनामा घटेको छ भने न्यानो कपडाको बिक्री बड्नुबाहेक अन्य व्यापार व्यवसायमा मन्दी छाएको छ।
बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन्। साँझ पख पनि चिसो झनै बढ्दा गर्दा बजारहरु साझदेखी नै सुनसान हुन थालेकोले व्यापार व्यवसायमा समेत यसको असर परेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले बताए। चिसो बढे पछि ज्याकेट र न्यानो कपडा बेच्ने पसलहरुमा भने ग्राहकको भिड बढेको, अन्य व्यवसाय विगतको भन्दा कमी आएको जयसवालको भनाई छ।
चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानका प्रमुख डा. सुनिलकुमार सिंहले बताए। जाडो बढ्दै गएपछि हाडजोनी, रुघाखोकी, दम, कोल्ड डाईरियाका बिरामीहरुको संख्या बढेको उनले बताए। चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम देखिन थालेको छ।
लहानबाट मिथिलेश यादव, रौतहटबाट मदन ठाकुर
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e23b42-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e39408-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e485de-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e5ad3c-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e622bd-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e6c91c-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c19d80e82ef7-1200x560-wm.jpg)