४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज तराई-मधेसमा होली, उत्सवमय मिथिला

श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्। मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।

मधेस-पहाड पर्यटनः थलिएको पर्यटनलाई लयमा फर्काउन सकस

कोरोना महामारीअघि विश्वप्रसिद्ध फोबर्स म्यागजिनले सार्वजनिक गरेको १० देशको सूचीमा नेपाल पहिलो स्थानमा थियो। अहिले महामारीको प्रभाव कम हुँदै गए पनि मुलुकको पर्यटन अझै लयमा फर्कन सकेको छैन।

मधेसको लाइफलाइन निर्माणले फेरि पलायो समृद्धिको आशा

राणाकालदेखिकै मधेसको मन जित्ने नारा हो, हुलाकी राजमार्ग निर्माण। यही नारालाई संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले मजाले भजाए। यो राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा पनि खुबै बिक्यो।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

अवैध हतियारको जगजगी

मधेसमा विगतमा सशस्त्र समूहका नाममा जे/जस्ता गतिविधि हुन्थे त्यसमा कमी आए पनि त्यसको ‘साइड इफेक्ट’ का रूपमा रहेको अवैध हतियार धन्दाको बाछिटा भने अझै पनि हराएको छैन।

अवैध हतियारले मधेसमा बढ्दै अपराध

तत्कालीन माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अवैध हतियारको बढी त्रास फैलिएको हो। सो युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए।

कोरोना कहरबीच दियाबातीमा रंगिँदै मधेस

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ।

कवि शिरोमणिको मधेस साइनो

जिराभवानीमा तीनवटा गाउँ छन्, वसन्तपुर, काठमाडौं र ललितपुर नामका । यी गाउँमा लेखनाथ हिउँदको समय बिताउँथे । यी नाम पनि उनैले राखेको स्थानीय बताउँछन् ।

मधेसमा बढ्दै आत्महत्या

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार आव ०७५/७६ मा ७१७, आव ०७६/७७ मा ८१३ र चालु आव ०७७/७८ को साउन र भदौमा १५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता छन्।

मधेसमा मौलाउँदै अपराध

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै यस प्रदेशमा १४ जनाको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरी कार्यालयमा ४५ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । अहिलेसम्म २२ जना पक्राउ परेका छन् भने २३ जना अझै फरार छन्।

संविधानप्रति नरम बन्दै मधेसकेन्द्रित दल

पोहरसम्म मधेसकेन्द्रित दलले संविधान दिवसको विरोध गर्ने तर संविधानअनुसारका सुविधा पनि नछाड्ने दोहोरो शैली अपनाएका थिए। यस वर्ष संविधान संशोधनका लागि दबाब दिन शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ।

मधेस आन्दोलनका पाँच वर्ष, देश र मधेसले के पाए, के गुमाए ?

जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ ।

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्नुस् : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै उनले अनुहार हेरेर राष्ट्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् ।

मधेस केन्द्रित दल फुटाएर दुई तिहाइ पुर्‍याउने खेल

सरकारले दल विभाजन सम्वन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणीले राजनीतिक बजार तताएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ सोमबार साँझ जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेस राजनीति समेतमा हलचल पैदा गरिदिएको छ।

प्रदेश दुईको नाम मध्यमधेस पनि अस्वीकृत

प्रदेश नम्बर २ को नामाकरण लागि कांग्रेस नेता राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्यमधेशको नाम अस्वीकृत भएको छ। साहले प्रस्ताव गरेको नाममा ४२ मत खसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्