४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश दुईको नाम मध्यमधेस पनि अस्वीकृत

जनकपुर – प्रदेश नम्बर २ को नामाकरण लागि कांग्रेस नेता राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्यमधेशको नाम अस्वीकृत भएको छ। साहले प्रस्ताव गरेको नाममा ४२ मत खसेको थियो।

यसअघि नामाकरणका लागि नेपाल कम्युनिष्ट पार्टी तथा नेपाली कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत भइसकेको छ। नेकपाले जानकी र कांग्रेसले मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो।

कांग्रेसको प्रस्तावमा २८ मत खसेको थियो भने नेकपाले प्रस्ताव गरेको जानकीमा ३७ मत खसेको थियो।

प्रदेश सरकारमा सहभागी समाजवादी र राजपाले सयुक्त प्रस्ताव गरेको नामाकरण मधेश प्रदेश को लागि केहि समय पछि मतदान सुरुहुँदैछ।

नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ। प्रदेश सभाको गणित अनुसार ७२ मतका साथ नाम र राजधानी टुंगो लाग्नु पर्छ। दुईतिहाईको मत पुगेन भेन फेरि प्रदेश सभामा प्रस्ताव पेश गरेर पुनः मतदान गरिनेछ।

 

प्रकाशित: ४ चैत्र २०७६ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App