४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हराउँदै जोगिरा सरर...

तराई–मधेसमा श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन।

दलदलमा मधेसी दलित महिला

मधेसी दलित महिलालाई समग्र महिला वा समग्र मधेसीकै डालोमा राखेर हेर्ने चलन छ। सरकारले उपलब्ध गराउने आरक्षण, अनुदानजस्ता व्यवस्था पनि यसबाट पृथक हुन सकेका छैनन्। त्यसैले उनीहरूका लागि छुट्टै व्यवस्था नगरेसम्म मधेसी दलित महिलाका सुखका दिन आउने छैनन्।

प्रतिबद्धता बिर्संदै मधेसवादी दल

मधेस आन्दोलनकै जगमा संघीयता स्थापित भयो। त्यसपछि मधेसी, मुस्लिम, थारूलगायतले समाज विकासमा आमूल परिवर्तनको अपेक्षा राखे।

'मधेसलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यक'

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अति आवश्यक रहेको बताएको छ।

मधेस स्रोतले समृद्ध तर गरिबी बढ्दै

मधेसको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान, गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा स्रोतका हिसाबले मधेस समृद्ध छ।

प्रचण्डले भने, 'मधेस मेरो माइती घर, मायाममता टुट्ने छैन'

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकताका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि हाम्रो पार्टी(नेकपा) सकारात्मक रहेको उनले प्रष्ट्याए।

मधेस आन्दोलनका सहिद परिवारप्रति नेताहरूको बेवास्ता

मधेस जनविद्रोहकै क्रममा माघ ५ गते(०६३) रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसका रूपमा मनाउदै आएका छन्। तर, मधेस बलिदानी दिवसको रौनक भने फिका हुँदै गएको छ।

तेह्र वर्षमा पनि तिरेनन् सहिद परिवारको पैँचाे रकम

माघ ५ गते पहिलो मधेस विद्रोहले तेह्र वर्ष पार गरेको छ। तर मधेस आन्दोलनमा सहिद भएकाहरूको सालिक निर्माणका लागि सहिद परिवारबाट लिएको सापटी रकम अझै मधेसी दलले फिर्ता गरेका छैनन्।

मधेस आन्दोलनको तेह्र वर्ष: नेताकाे सत्तास्वार्थले अझै निस्केन मुद्दाको निकास

मुद्दा उचालेर आन्दोलन गर्ने नेताले तिनै मुद्दालाई सत्तामा जाने भ-याङका रुपमा प्रयोग गर्दा मधेसी जनता र मधेसी नेताबीच दूरी बढ्दै गएको विश्लेषक बताउँछन्।

समयमै नियुक्ति नहुँदा कार्यक्रम प्रभावित

डेढ वर्षदेखि वन मन्त्रालय मातहतका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन निगम र राष्ट्रिय ताल संरक्षण विकास समितिमा कार्यकारी पद खाली छ। यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षक विकास समितिमा पनि एक पद खाली छ।

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ।

सत्तामोहले मधेस मुद्दा मूर्छित

मधेस मुद्दा उठाएर आन्दोलन गर्ने अनि नेता बनेर केन्द्रीय सत्तासँग सहमति गर्दै मुद्दा बिसाउने प्रवृत्तिले मधेसले लामो समयसम्म पनि अधिकार र पहिचान पाउन नसकेको बुद्धिजीवी बताउँछन्।

न्यानो बाड्न अघि बढे स्थानीय सरकार

शीतलहरले चिसिएर मधेसको जनजिवन कष्टकर बने पनि अधिकांश स्थानीय तह राहत वितरणमा अझैं सक्रियता देखाएको छैन। केही स्थानीय तहले भने राहत तथा न्यानो वितरणमा सक्रियता देखाउन थालेका छन्। पाँच दिनदेखि घाम नउदाउँदा चिसिएको सर्वसाधारणलाई आगो ताप्न सिरहाको विष्णुपुर गाउँपालिकाले शनिबार दाउरा वितरण गरेको छ।

अझै सक्रिय भएनन् स्थानीय सरकार, स्थानीय प्रशासन न्यानो बाड्दै

शीतलहरले चिसिएर मधेसको जनजीवन कष्टकर बने पनि स्थानीय सरकार भने अझैं सक्रिए भएका छैनन्। प्रदेश २ का अधिकांश स्थानीय तह अझै योजना बनाउनमै अल्झेको बेला स्थानीय प्रशासनले सर्वसाधारणलाई आगो ताप्न दाउराको बन्दोबस्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्