२ असार २०८१ आइतबार
image/svg+xml
समाज

न्यानो बाड्न अघि बढे स्थानीय सरकार

तस्बिरःमिथिलेश/नागरिक

लहान- शीतलहरले चिसिएर मधेसको जनजिवन कष्टकर बने पनि अधिकांश स्थानीय तह राहत वितरणमा अझैं सक्रियता देखाएको छैन। केही स्थानीय तहले भने राहत तथा न्यानो वितरणमा सक्रियता देखाउन थालेका छन्। पाँच दिनदेखि घाम नउदाउँदा चिसिएको सर्वसाधारणलाई आगो ताप्न सिरहाको विष्णुपुर गाउँपालिकाले शनिबार दाउरा वितरण गरेको छ।

यो गाउँपालिकाले यहाँका १५ विपन्न परिवारलाई न्यानो कम्बलसमेत वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत कमल यादवले बताए। जिल्ला समन्वय समितिका सभापती रामचन्द्र ठाकुर, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्ष प्रवीण कडेंल, राष्ट्रिय अनुसन्धानका एसपी रमेशचन्द्र यादव, गाउँपालिका प्रमुख(अध्यक्ष) जागेश्वर यादवले विपन्न परिवारलाई कम्बल वितरण गरेका थिए।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्ला दैविप्रकोप उद्धार समितिको निर्णयमार्फत पूर्व तयारीका लागि कातिक २५ गते सबै स्थानीय तहलाई पत्रमार्फत जानकारी गराईसकिएपनि पूर्व तयारीको अवस्था सन्तोषजनक छैन। १७ वटा स्थानीय तहमध्ये केहिले रातह वितरण सुरु गरिसकेको भएपनि अधिकांशले अझैं तयारीमै जुटेको बताएका छन्।

स्थानीय तह तयारीमा जुटिरहेको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँदेखि सहरसम्म सार्वजनिक स्थल र विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरिरहेको प्रजिअ अधिकारीले बताए। रातह वितरणमा स्थानीय तहलाई सक्रिय बनाउन शनिबारबाट सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन सुरु गरेको छ।  

सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लहान, सिरहा, सीमावर्ती झाझपट्टी, सुखीपुर, अर्नामा, सन्हैठा, बेल्हालगायतका शीतलहर प्रभावित बस्तीमा प्रहरीले दाउरा वितरण गरेको छ।

 

प्रकाशित: ६ पुस २०७६ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App