coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्नुस् : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै उनले अनुहार हेरेर राष्ट्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् । प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सीमाको रक्षा गर्दे आएको उल्लेख गर्दे उनले आफूहरुमाथि शंकाको दृष्टिले नहेर्न आग्रह गरे 

नेपालको भूमि फिर्ता गर्ने सम्बन्धी संशोधन प्रस्तावमाथिको छलफल भएकाले संसदको बैठक अति नै महत्वपुर्ण भएको भन्दै उनले भूमिलाई मात्रै नभई जनताको भावनालाई पनि राष्ट्रियताको रुपमा बुझिदिन आग्रह गरे । जनताको भावना, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतासंग जोडिएको सवाल भएकाले संविधानप्रति असन्तुष्ठी भएपनि आफूहरुले संशोधन विधेयकमा पुर्ण समर्थन गरेको स्पष्ट पारे ।

कोरोनामा जनताको जीवन रक्षा नगर्ने सरकारले हाम्रो भूमिको रक्षा गर्दिन्छ ? भनी जनताले भनिरहेको भन्दै उनले जनताको जीवन रक्षा संगै भूमिको पनि रक्षा गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

नेपालको भूमि फिर्ता गर्ने सम्बन्धी संशोधन प्रस्तावमाथिको छलफल भएकाले संसदको बैठक अति नै महत्वपूर्ण भएको भन्दै उनले भूमिलाई मात्रै नभई जनताको भावनालाई पनि राष्ट्रियताको रुपमा बुझिदिन आग्रह गरे । जनताको भावना, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतासंग जोडिएको सवाल भएकाले संविधानप्रति असन्तुष्ठी भएपनि आफूहरुले संशोधन विधेयकमा पुर्ण समर्थन गरेको स्पष्ट पारे ।

भूमि मात्रै नभई जनता पनि राष्ट्रियता भएकाले जनताको सवालको पनि सम्बोधन गर्न आफूहरुले भने पनि सरकारले माग सम्बोधन गरेको स्मरण गर्दै उनले प्रश्न गरे, 'औचित्य र आवश्यकता कहिले हुने हो ?'

प्रकाशित: ३१ जेष्ठ २०७७ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App