गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ।
केन्द्रीय सचिवालयको अध्यक्षता गर्ने र सचिवालयले गरेका निर्णयहरू कार्यान्वयन गर्ने अधिकार पनि कार्यकारिणी अध्यक्षलाई छ। यसैगरी नयाँ विधानमा कार्यकारिणी समितिका अध्यक्षलाई आवश्यक परे पार्टीको केन्द्रीय समिति बैठकमा निर्णायक मत दिने अधिकार दिइएको छ। यस्तो अधिकार संघीय परिषद् अध्यक्षलाई छैन।
सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।
जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।
बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।
सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तिले पोस्ट गरेका टीकाटिप्पणी रचनात्मकभन्दा विद्वेषपूर्ण रहेको पाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।
चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।
समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको हो।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको आज घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ।