३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज समाजवादी मोर्चाको घोषणा हुने

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको आज घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ।  

संयुक्त घोषणासभा गरेर १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी गर्ने तयारी भइसकेको नेताहरूले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चा बनाउन तयार भएका हुन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भने मोर्चामा सामेल हुनेबारे आन्तरिक छलफलमै छ। यद्यपी उनले गत असार १ गते भट्टराईले प्रधानमन्त्रीलाई भेटेर समाजवादी मोर्चामा समेटिने बताएका थिए ।

कांग्रेस र एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो। हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलहरूबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारका रूपमा पनि परिभाषित गर्न खोजेका छन्।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको संख्या ५४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्।

प्रकाशित: ४ असार २०८० ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App