१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट

महन्थ ठाकुर / राजेन्द्र महताे

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन। पार्टीका भ्रातृ संगठनहरू पनि निर्माण भएका छैनन्। एक वर्षमै पार्टी भद्रगोल अवस्थामा पुगेको छ।

जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७९ भदौ १ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए।

दर्ता भएको नौ दिनपछि आयोगले त्यसलाई दलको रूपमा मान्यता दिएको थियो। आयोगमा लोसपा दर्ता गर्दा नेताहरूले २१ सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएका थिए, जुन दर्ता प्रयोजनका लागि मात्र थियो। अहिले लोसपा आयोगमा बुझाइएको २१ सदस्यीय कार्यकारिणी समितिका आधारमा चलेको छ। केन्द्रीय समिति गठन भएको छैन। आयोगमा बुझाइएको २१ सदस्यीय कार्यकारिणी समितिको अध्यक्षमा ठाकुरको नाम छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन। पार्टीका भ्रातृ संगठनहरू पनि निर्माण भएका छैनन्। एक वर्षमै पार्टी भद्रगोल अवस्थामा पुगेको छ।

अध्यक्ष ठाकुरले यस अवधिमा पार्टीका कुनै पनि भ्रातृ संगठन गठन गरेका छैनन्। केन्द्रीय समिति तथा भ्रातृ संगठन गठन हुन नसकेकोप्रति पार्टीका अन्य नेताले पटकपटक ठाकुरको ध्यानाकर्षण गराएका छन्। यस विषयमा ठाकुरले खासै चासो नदेखाएको पार्टीका अन्य नेताहरूको भनाइ छ।

अहिले लोसपाका नेताहरू दुई गुटमा बाँडिएका छन्। ठाकुरले एउटा गुट र वरिष्ठ नेता राजेन्द्र महतोले अर्को गुटको नेतृत्व गरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता ठाकुर र महतोबीचको सम्बन्ध राम्रो छैन। महतोसँगको सम्बन्ध बिग्रेपछि ठाकुरले केन्द्रीय समिति गठन गर्न आलटाल गरिरहेको स्रोत बताउँछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महतो पराजित भएका कारण ठाकुरलाई संसदीय दलको नेता छान्न भने सजिलो भयो। ठाकुर स्वयं लोसपा संसदीय दलको नेता चुनिएका छन्। ‘पार्टी संगठन विस्तार गर्नेतर्फ अध्यक्षज्यूको चासो गएको देखिन्न। उहाँले लोसपालाई रिटायर लाइफ बिताउने मञ्चजस्तो बनाउनुभएको छ,’ महतो निकट एक नेताले भने। तर ठाकुरनिकट नेताहरू भने केही दिनमै केन्द्रीय समिति बनाउने तयारी भएको बताउँछन्।

अध्यक्ष ठाकुरले यस अवधिमा पार्टीका कुनै पनि भ्रातृ संगठन गठन गरेका छैनन्। केन्द्रीय समिति तथा भ्रातृ संगठन गठन हुन नसकेकोप्रति पार्टीका अन्य नेताले पटकपटक ठाकुरको ध्यानाकर्षण गराएका छन्। यस विषयमा ठाकुरले खासै चासो नदेखाएको पार्टीका अन्य नेताहरूको भनाइ छ।

अझै केन्द्रीय समिति गठन नहुनु र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्नुमा महतोलगायतका नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको ठाकुर निकट नेताहरू बताउँछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि महतो काठमाडौंभन्दा मधेसमा धेरै बस्दै आएका छन्। ठाकुर भने स्वास्थ्यका कारण अधिकांश समय काठमाडौंमै बस्छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोसपाले चार स्थानमा मात्र विजयी भएको छ। निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्दा लोसपा राष्ट्रिय पार्टी पनि बन्न सकेन।

लोसपा अध्यक्ष ठाकुरले मधेस, लुम्बिनी र वाग्मती प्रदेशमा भने प्रदेश समिति गठन गरेका छन्। लोसपाको आधारभूमि मानिएको मधेस प्रदेशमा गठन गरिएको प्रदेश समितिलाई लिएर निकै विवाद भएको थियो। ठाकुरले एकलौटी प्रदेश समिति गठन गरेको महतो निकट नेताहरूको आरोप छ।

प्रकाशित: १५ असार २०८० ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App