१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘संविधान संशोधन नभए आन्दोलन’

जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।

विधान अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष उपेन्द्र यादवले जसपा पार्टी नभएको भए मुलुकमा संघीयता र नागरिकता ऐन आउन नसक्ने ठोकुवा गरे। संघीयतालाई संस्थागत गर्न संविधान संशोधन हुनुपर्ने बताए।

संविधान संशोधन नभए आन्दोलनबाट संशोधन गराउनुपर्ने उनको भनाइ थियो। यादवले अहिलेको बजेटप्रति असन्तुष्टि पनि व्यक्त गरे। अहिलेको बजेटले जनताको निराशालाई सम्बोधन गर्न नसक्ने उनको भनाइ थियो।

जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।

जसपा प्रवक्ता मनीष सुमनका अनुसार सोमबार र मंगलबार बन्द सत्र हुनेछ। बन्द सत्रमा जसपा अध्यक्ष यादवले नयाँ विधानको मस्यौदा पेस गर्ने भएका छन्। यादव विधान मस्यौदा समितिका संयोजक पनि हुन्।

नयाँ विधानमा दुई अध्यक्षको व्यवस्था कायमै राखिएको प्रवक्ता सुमनले बताए। उनका अनुसार कार्यकारिणी अध्यक्ष र संघीय परिषद्को अध्यक्ष गरी दुई अध्यक्षको व्यवस्था नयाँ विधानमा हटाइएको छैन।

जसपा प्रवक्ता मनीष सुमनका अनुसार सोमबार र मंगलबार बन्द सत्र हुनेछ। बन्द सत्रमा जसपा अध्यक्ष यादवले नयाँ विधानको मस्यौदा पेस गर्ने भएका छन्। यादव विधान मस्यौदा समितिका संयोजक पनि हुन्।

अहिले कार्यकारिणी अध्यक्षमा यादव र संघीय परिषद्को अध्यक्ष अशोक राई छन्। मर्यादाको हिसाबबाट कार्यकारिणी अध्यक्षभन्दा संघीय परिषद्को अध्यक्ष माथि हुन्छ तर अधिकारका हिसाबले कार्यकारिणी अध्यक्षलाई कार्यकारी अधिकार दिइएको हुन्छ। प्रवक्ता सुमनका अनुसार विधान मस्यौदामा केन्द्रीय समितिको आकार घटाइएको छ।  

प्रकाशित: ११ असार २०८० ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App