२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सहिदनगरमा माओवादी, धनुषाधाममा काँग्रेस विजयी

धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।

धनगडीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा हरिनारायण चौधरी र उपमेयरमा फूलकुमारी श्रेष्ठ विजयी भएका हुन्।

कल्यणपुरमा कांग्रेस, मिर्चैयामा माओवादी विजयी

सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। कांग्रेसका सूर्यनाथ मण्डलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका रामबाबु यादवलाई २ सय ७ मतअन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी

औरही गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्।

औरही गाउँपालिकामा ६ मतले माओवादी उम्मेदवार विजयी

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार शिवजी यादवलाई ६ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिरहाको विष्णुपुरमा फोरम र अर्नामामा माओवादी केन्द्र विजयी

सिरहाको विष्णुपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपालले सिरहामा खाता खोलेको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार जागेश्वर यादवले ६ सय ६० मतको फराकिलो अन्तरले निकतम प्रतिस्पर्धी नेकपा एमालेका सत्यनारायण यादवलाई पराजित गरको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेश २ मा माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको निर्वाचन क्षेत्र रहेको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका मेयर उपमेयर विजयी भएका छन्। मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

कांग्रेस एक भोटले विजयी, माओवादीद्वारा पुनः मतगणनाको माग

रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्।

रौतहटमा माओवादी अगाडि पछ्याउँदै काँग्रेस

अठार स्थानीय तह रहेको रौतहटमा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा सबै स्थानीय तहको मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक मतगणनामा माओवादी केन्द्रलाई नेपाली काँग्रेसले पछ्याइरहेको देखिएको छ।

गौर र गरुडामा एमाले, चन्द्रपुरमा माओवादीको अग्रता

स्थानीय तहको तेस्रो चरणको दुई नम्बर प्रदेशमा सम्पन्न भएको निर्वाचनको मतगणनाअनुसार रौतहट जिल्लाको पुराना तीन नगरपालिकामा मध्ये २ स्थानमा नेकपा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छन्।

गणेशमान ११ मा माओवादीको प्यानलै विजयी

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादीको प्यानलै विजयी भएको छ। माओवादीका सत्यनारायण कुमर दनुवारले २०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका विन्देश्वर राउतले १२९ मत पाए।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि माओवादीले  उम्मेदवार  छान्यो

आगामी  मंसिर १० गते  हुने  संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र  प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले जाजरकोटमा  आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा माओवादीले  प्रत्यक्ष तर्फका सवै उम्मेदवारहरुको  सर्वसम्मत टुंगो लगाएको हो।

भरतपुर महानगर कार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन एमालेसँग पराजित

भरतपुर महानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनलाई धक्का लागेको छ। कार्यपालिकाका आठ सदस्यका लागि भएको निर्वाचनमा एमालेका छ जना विजयी भएका छन्। काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका दुईजना उम्मेद्वार मात्रै निर्वाचित भए। यो जितसँगै भरतपुर कार्यपालिकामा एमालेको बहुमत कायम भएको छ।

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

सुन तस्करका नाइके माओवादी नेता

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई कामु जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्