लहान – सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा हरिनारायण चौधरी र उपमेयरमा फूलकुमारी श्रेष्ठ विजयी भएका हुन्।
हरिनारायाणले ५६ सय ८३ र श्रेष्ठले ५६ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
एमालेबाट मेयरका प्रतिस्पर्धी शिवशंकर महतोले ४४ सय २९ मत प्राप्त गरेका छन् भने एमालेबाटै उपमेयर उम्मेदवार निर्मला बास्तोलाले ४५ सय २७ मत ल्याएकी छिन्।
धनगडीमाई नगरपालिकामा जितसंगै नेकपा माओवादीले सिरहाको १७ स्थानीय तहमध्ये ५ स्थानीय तह जितेको छ।
प्रकाशित: ६ आश्विन २०७४ ०६:४२ शुक्रबार