२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

माओवादी शीर्ष नेता तराईमा

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु तराईमधेस झरेका छन्।  अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए ।

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

नेकपा माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।

विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ३ पक्राउ

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयुरका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता उदयपुरमा पक्राउ परेका छन्।

‘कांग्रेस मधेसमैत्री छैन, माओवादी संघीयताविरोधी’

एमालेलाई संघीयता  र समावेशीकरणका मामिलामा ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टीको रूपमा व्याख्या गरिएको छ ।

माओवादीले ०६४ सालमा झुक्किएर चुनाव जित्यो: अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा मात्रै नभएर सातै प्रदेश र संघीय संसदमा पहिलो पार्टी बन्ने दाबि गरेका छन्।

पार्टीलाई प्रदेश २ मा पहिलो बनाउने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रको शनिबार वीरगन्जमा सम्पन्न सचिवालय बैठकले प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनमार्फत पार्टीलाई पहिलो बनाउने निर्णय गरेको छ । बैठकमा प्रदेश २ को स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने भन्ने रणनीतिक विषयमा छलफल भएको छ । पार्टीभित्र जिम्मेवारी बाँडफाँट र संगठनात्मक व्यवस्थापनबारे पनि बैटकमा छलफल भएको पार्टीले जनाएको छ ।

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।

सत्तारुढ माओवादीले बागलुङमा गठन गर्‍यो 'समानान्तर सरकार'

नेकपा माओवादी केन्द्र बागलुङले 'जयनयुद्व'को झल्को दिनेगरी जनपरिषद ब्यूँताएको छ। केन्द्रको जिल्ला सचिवालयको वैठकले जिल्ला जनपरिषद बनाएको हो।

माओवादी केन्द्रका सांसद घिसिङको राजीनामा

नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट विहीबार राजीनामा दिएका छन्।

माओवादीसँग प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुन्छ :  मन्त्री विश्वकर्मा

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पार्टीको गठबन्धन भारतीय काँग्रेसको जस्तैं भनेर आलोचना हुने गरेपनि माओवादीसँगको साझेदारले फाइदा पुगेको बताएका छन् । उनले स्थानीय निकायमा जसरी माओवादी केन्द्रसँग गठबन्धन भयो, त्यसरी नै प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुने बताए ।

माओवादी हेडक्वार्टर विघटन

सत्तारूढ माओवादी केन्द्रले हेडक्वार्टर विघटन गरेर सचिवालयलाई कार्यकारी बनाउने भएको छ। हेडक्वार्टरको आइतबार बसेको बैठकले सचिवालयलाई कार्यकारी बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

सरकारमा थपिए माओवादीका आठ नेता

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका आठजनालाई प्रधानमन्त्री देउवाले आइतबार राज्यमन्त्री नियुक्त गरेका हुन। प्रधानमन्त्रीले बुधबारभित्रै आफ्नै दल नेपाली कांग्रेस र अर्को सत्ता साझेदार फोरम लोकतान्त्रिकका केही नेतालाई राज्यमन्त्री बनाउने छन्।

झा र शर्मा माओवादीमा फर्किए

दुई वर्षअघि माओवादीबाट बाहिरिएका दुई नेता पुनः पार्टीमा फर्किएका छन्। माओवादीको पोलिटब्युरो सदस्यता त्याग गरेर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा गएका रामचन्द्र झा र रामकुमार शर्मा पुरानै दलमा फर्किएका हुन्।

माओवादीका ८ राज्यमन्त्री थपिने

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिने भएका छन्।

सोलु जिससमा एमाले माओवादी गठबन्धन निर्विरोध

सोलुखुम्बु जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन निर्विरोध निर्वाचित बनेको छ। माओवादी र एमालेले तालमेल गरेपछि निर्विरोध समन्वय समितीको प्रमुखमा एमाले र माओवादी केन्द्रको गठबन्धनवाट एमालेका वीर कुमार राई निर्विरोध निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्