२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पाँचथरमा एमाले–माओवादी तालमेल

सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

प्रदेश २ का आठ जिल्लामा उम्मेदवार चयनदेखि अन्य निर्णय गर्न यसअघि मधेसी समुदायका नेतालाई दिइएको जिम्मेवारी खोसेर शीर्ष नेताले लिएपछि असन्तुष्टि बढेको छ।

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउनका लागि एकजना पनि मधेसी अनुहारलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

जिल्ला समन्वय समिति गठनका लागि जाजरकोटमा वुधवार भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।

जुम्लामा माओवादी-कांग्रेसको गठबन्धन

जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।

जाजरकोटमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन

जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

माओवादीमा नीति–नेतृत्व संकट

पार्टीको नीति, नेतृत्व, नाराप्रति जनताको असहमतिका रूपमा निर्वाचन परिणामलाई लिनुपर्छ र माओवादी केन्द्रले निर्मम आत्मसमीक्षा गरेर नैतिक जिम्मेवारी लिने बेला आएको छ।

माओवादीबाट को को हुँदैछन् मन्त्री?

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्रीहरुको सूचिलाई अन्तिम रुप दिएको छ। ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम माओवादीले तय गरेको हो। मन्त्री र राज्यमन्त्री गरी ९ जना थपिँदा सरकारमा माओवादीका १२ जना मन्त्री पुग्नेछन्।

'मधेस एक प्रदेश' अजेन्डा ब्युँताउँदै माओवादी नेता

नयाँ संविधानले अस्वीकार गरेको ‘समग्र मधेस एक प्रदेश’ को अजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः बहसमा ल्याउने प्रयत्न थालिएको छ। समग्र मधेस एक प्रदेशको अजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र छलफलमा ल्याउने प्रयत्न गरिएको हो । त्यसका लागि ५ सदस्सीय कमिटी पनि गठन गरिएको छ।

माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ। पार्टी सचिवालयको विस्तारित बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य अजेन्डा बनाउने निर्णय गरेको हो। विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।

टिकट नपाएपछि एमाले छोडेका कार्की माओवादीबाट मेयर उम्मेदवार

आसन्न स्थानीय तहको चुनावमा टिकट नपाएका नेकपा (एमाले) का आकांक्षीहरु नेकपा (माओबादी केन्द्र) मा प्रवेश गरेर चुनाव लड्ने तयारीमा लागेका छन्। आप्mनो पार्टीले टिकट नदिएपछि उनीहरु पार्टी छाडेर अर्कै पार्टी प्रवेश गरी चुनाव लड्ने तयारीमा लागेका हुन्।

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगायो’

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले दोश्रो चरणको निर्वाचन नगर्ने खेल सुरु भएको बताएका छन् । सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेल थालेको आरोप उनले लगाएका छन्।

पाल्पामा एमाले र माओवादी केन्द्रबीच तालमेल

पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ।

माओवादीमा महरा, पुन, शर्मा हावी, अन्य असन्तुष्ट

'जसरी पनि चुनाव जित्नै पर्ने, सरकारमा जानै पर्ने, पैसा कमाउनै पर्ने पुरानो संसदीय पद्धतिमा पार्टी हिँड्नु थियो भने जनयुद्ध र आन्दोलन किन गरेको? -नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्