काठमाडौं- दुई वर्षअघि माओवादीबाट बाहिरिएका दुई नेता पुनः पार्टीमा फर्किएका छन्। माओवादीको पोलिटब्युरो सदस्यता त्याग गरेर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा गएका रामचन्द्र झा र रामकुमार शर्मा पुरानै दलमा फर्किएका हुन्। माओवादीले संविधान निर्माणको नेतृत्व लिइरहँदा उनीहरु बाहिरिएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले झा र शर्मालाई आइतबार पुनः पार्टीमा प्रवेश गराए।
प्रकाशित: ५ भाद्र २०७४ ०२:२४ सोमबार