जनकपुर—धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादीको प्यानलै विजयी भएको छ। माओवादीका सत्यनारायण कुमर दनुवारले २०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका विन्देश्वर राउतले १२९ मत पाए।
गणेशमान चारनाथ नगरपालिकाको मेयरमा वडा नम्बर ११ को मतगणना सम्पन्न हुँदासम्म माओवादीका दुर्गाबहादुर मल्ल १९४ मतका साथ अग्रस्थानमा छन्। भने संघीय फोरमका रामबाबु यादवले १५८ मत पाएका छन् । नेपाली काँग्रेस तेस्रो र नेकपा एमाले चौथो स्थानमा छ ।
मंगलबार बिहान ९ बजेसम्म धनुषाको गणेशमान चारनाथ नगरपालिका सहित सबैला नगरपालिका, मिथिला विहारी नगरपालिका, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिका र मिथिला नगरपालिकामा मतगणना सुरु भएको छ।
प्रकाशित: ३ आश्विन २०७४ ०३:४२ मंगलबार