४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रेमडिसिभिर जथाभावी बिक्री गरे कारबाही

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै क्लिनिकल ट्रायलका रूपमा नेपालमा लिइएकोरेमडिसिभिर औषधि जथाभावी सिफारिसर बिक्री गर्नु कानुनविपरीतरहेको जनाएको छ। सरकारले कोभिड–१९ घोषणा गरेका अस्पताल, स्वास्थ्य अनुसन्धान परिषद्ले तोेकेका चिकित्सकर बिरामीको अनुमतिमा मात्र प्रयोग गर्नेगरी नेपालमा लिएकोले अन्य रूपमा बिक्री तथा सिफारिस गरेको पाइएमा कानुनविपरीत कार्य ठहर गर्ने जनाएको छ।

रेमडिसिभिर औषधि आयात गर्न अनुमति

औषधि व्यवस्था विभागले कोरानाका गम्भीर बिरामीमा प्रयोग हुने ‘रेमडिसिभिर’ नामक औषधि आयत गर्न अनुमति दिएको छ। विभागले शनिबार आयात अनुमितको निर्णय गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट सिफारिस आएपछि आयातकर्ताको हकमा विभागले अनुमति दिएको हो।

भारतबाट औषधि किन्ने सेनाको प्रक्रिया रद्द

औषधि खरिद गर्न लागिएको कम्पनी ब्युरो अफ फर्मा पिएसयुएस अफ इन्डिया (बिपिपिआई) सँग कानुनी रूपमा सम्झौता गर्न नमिलेका कारण वैशाखदेखि औषधि खरिद प्रक्रियामा अन्योल उत्पन्न भएको थियो ।

जङ्गलमै कुहिए जडिबुटी

कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष जङ्गली जडीबुटी सङ्कलन गर्न सकिएन। मनाङलगायत हिमाली जिल्लामा पाइने अमूल्य जङ्गली जडीबुटी सङ्कलन गर्न नसक्दा जङ्गलमै कुहिएको छ। जडीबुटी सङ्कलन गर्न जङ्गल जाने समयमा कोभिड–१९ को सङ्क्रमण फैलिएकाले जडीबुटी खोज्न रोक लगाइएको थियो। यार्सागुम्बा टिप्ने समयमा कोभिडको त्रासले रोक लगाउँदा करोडौँको जडीबुटी खेर गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

सर्पले डसेका बिरामीको औषधि उत्पादन गर्ने तयारी

नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो ।

औषधि व्यवसायीहरू आन्दोलनमा

विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुपर्ने माग

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो ।

भारतमा कोरोना संक्रमितको उपचारमा नयाँ औषधि

भारतीय औषधि नियन्त्रण संस्था सिडिएससिओले चर्म रोग सोराइसिसका लागि प्रयोग हुने ‘आइलाइजोमेव’ औषधि कोरोना संक्रमितको उपचारका लागि अनुमति दिएको छ ।

टेकुमा एचआइभीको औषधि नियमित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्।

दुई औषधिमा रोक

न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो।

देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै(फाेटाे फिचर)

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ७ सय ५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन्।

भारतबाट औषधि खरिदमाथि दूतावासको प्रश्न

दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानीसहितका विषयमा प्रश्न उठाउँदै यथास्थितिमा खरिद प्रक्रिया अघि बढ्न नसक्ने पनि स्पष्ट पारेको छ।

६० रूपैयाँको औषधि दुई हजार ४०० मा बिक्री

सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ।

औषधि निःशुल्क दिइने नीति

बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ।

कोभिड–१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्