coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

औषधि व्यवसायीहरू आन्दोलनमा

विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको वयवसायीहरुको गुनासो छ । 

औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् । नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरिय र व्यवस्थित रुपले उत्पादन भइरहेको उनले बताए । सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर सेनिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित: ३१ असार २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App