५ आश्विन २०८१ शनिबार
image/svg+xml

पछिल्लो एक महिनामा एनओसी लिने साढे पाँच हजार बढी!

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखाले असोज महिनामा ५ हजार ६ सय २६ जनाले एनओसी लिएको जनाएको छ।

क्रमिकरूपमा तापक्रम घट्दै, सतर्कता अपनाउन आग्रह

विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी

नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

प्रतिभा माविमा विज्ञान सामाग्री प्रदर्शनी

दसैं–तिहारको एकमहिने छुट्टिमा अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई गृहकार्य दिए। बिदाको समयमा विद्यार्थीलाई पठनपाठनमा लगाईराख्न गृहकार्य दिएको विद्यालयले बताउँदै आएका छन्। तर, यहाँको प्रतिभा माविले भने गृहकार्य बाहेक विज्ञान सामाग्री बनाउन र व्यवसायिक योजना तयार पार्न लगायो।

बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।

मतदानको मनोविज्ञान

यहाँ प्रस्तुत चित्रमा एउटा पुरुषले एक जना वृद्ध व्यक्तिलाई तानेर बचाउन खोजिरहेको देखिन्छ। उसले यस संकटपूर्ण घडीमा पत्नी बचाउन कुनै प्रयत्न गरेको छैन, न त उसले आफ्नो बालख सन्तानलाई नै समाउने प्रयास गरिरहेको छ। उसले त वृद्ध पितालाई जोगाउन खोजिरहेको छ।

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन्।

राजनीतिमा न्युरोमार्केटिङ

मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेको हुन्छ– सेरेब्रम, मेडुला, पोन्स, सेरेबेलम आदि। तर सबै किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, बाघ तथा छेपारोमा समेत मस्तिष्क हुन्छ। तर मानिस के कारणले गर्दा जनावरभन्दा अलग हुन्छ? मस्तिष्कमा विद्यमान कुन अंग वा अंगहरूका कारण ऊ जनावरभन्दा बढी चेतनशील र बुद्धिमान् हुन्छ? यी प्रश्नहरूको उचित जवाफ प्राप्त गर्न मस्तिष्कका तीन तहहरूका बारेमा जान्न आवश्यक हुन्छ।

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन', उनले भने।

आज भाइटीकाको दिन, देशका केही ठाउँमा वर्षा

शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज काठमाडौँको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस छ।

सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको राष्ट्रिय विज्ञान संघ नेपालको आरोप

उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए।

डेंगुबाट विराटनगरमा महिला बढी संक्रमित

देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’

२१ हजार बढी श्रीलङ्काली बाढीको चपेटामा

बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्